मेरो यो दिलमा तिम्रो लागि रिस राग छैन
तिम्रो मनलाई शान्त पार्ने समय म सँग छैन
सोचेथे मैले अचेल अब दुई मुटु मिलनको क्षणमा
सँगै जिउने बाचा कसम खाएको यो बेलामा
कुरै नबुझेर किन रिसाउछौ तिमिले म सँग
कुनै किसिमको गुनासो छैन मेरो तिमि सँग
खुसि बनाउ मलाई तिमिले मेरो मन रमाउला
जतन गर मेरो दिललाई तिमि सँग रमाउला
खुसि मन गराउछु दुस्ख मैले दिने छैन
तिम्रो मनलाई शान्त पार्ने समय म सँग छैन
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी नपा २ दिपायल डोटी



