×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्वस्तिकाको उदाहरण बनोस् काङ्ग्रेस सप्रिने जोडन

  •  गोरखा समाचार
  • आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली काङ्ग्रेसको जारी महाधिवेशन प्रक्रियामा देखिएका नवीन–नवीन दृश्य हेर्दै कन्टिर–बाबू रमाइलो मान्दै थिए । तर पछिल्लो समय सर्वाधिक प्रचारित एउटा भाइरल प्रसङ्गबारे सोच्दा–सोच्दै कन्टिर–बाबू गम्भीर बनेका छन् ।

    देशका ६ हजार सात सय ४३ वडामध्ये एउटा वडाको चर्चा बडा जोेडतोडले भएको देखेर कन्टिर–बाबू गम्भीर बनेका हुन् । त्यसो त कुनै वडाको चर्चा भाइरल हुँदैमा वा मिडियाले आवश्यकताभन्दा बढी प्राथमिकता दिँदैमा कन्टिर–बाबू गम्भीर हुनुपर्ने कुनै कारण छैन । तर कुरालाई काङ्ग्रेस रूपान्तरणको प्रश्नसँग जोडेर जसरी प्रस्तुत गरियो, त्यो सम्झेर भने उनी गम्भीर नभइरहन सकेनन् ।

    प्रसङ्ग जगजाहेर छ– दैलेखको दुल्लु नगरपालिकाको ३ नम्बर वडा सभापतिमा १९ वर्षीया बहिनी स्वस्तिका महतले चुनाव जितेको कुरा । यो जितलाई यतिबेला काङ्ग्रेस समर्थकहरू सामाजिक सञ्जाल र मिडियामा यसरी प्रचार गर्दै छन् कि मानौँ १४औँ महाधिवेशनपछि काङ्ग्रेसका अधिकतर तह–तप्काको नेतृत्व युवाहरूको हातमा हुनेछ र त्यसको प्रस्थान बिन्दु स्वस्तिकाको जित हो ।

    कतिले त स्वस्तिकालाई नेपाली काङ्ग्रेसकी प्रथम महिला सभापतिका रूपमा समेत चित्रित गर्न थालिसके । उनले पनि २०७६ कात्तिकमा निधन भएका बुबा भूपेन्द्रजङ्ग महतको सपना पूरा गर्न आफू १० जना प्रतिस्पिर्धीलाई ‘कन्भिन्स’ गरेर राजनीतिमा आएको प्रतिक्रिया दिइसकिन् ।

    कन्टिर–बाबू भन्छन्– ठिक छ, उनी राजनीतिमा सफल बनुन्, महतजीले राजनीतिमा लागेर देखेको सीमान्तकृतको सेवा गर्ने सपना पूरा गरुन् । महाकवि देवकोटाले उद्देश्य के लिनु छुनु चन्द्र एक भने जस्तो काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाको सपना पूरा गर्ने सामर्थ्य उनमा आओस्, कन्टिर–बाबूको अग्रीम शुभकामना छ ।

    तर कन्टिर–बाबू सोचिरहेका छन्– नेपालगन्ज टेक्निकल कलेजमा हेल्थ असिस्टेन्ट (एचए)की छात्रा स्वस्तिकालाई भविष्यमा एउटा राम्रो चिकित्सक बनाउने उनका बाबुको सपना थियो कि थिएन ? के निधन हुनुअघि पूर्व–जिल्ला उपसभापति भूपेन्द्रजीले छोरीलाई भविष्यमा नेता बनाउने सपना देखेका थिए ? यदि थिए भने छोरीलाई राजनीतिशास्त्र पढ्न पठाउँथे कि एचए पढ्न पठाउँथे ?

    त्यसो त राजनीतिमा उमेर र शिक्षाको खासै महत्त्व नदेख्नेहरूको बाहुल्यता भएको समाजमा हामी छौँ । तर दुनियाँले तर्क जे गरे पनि अहिले स्वस्तिकाको राजनीति गर्ने बेला भएको थिएन, पढाइ कम से कम स्नातकसम्म छिचोलेको भए तै बरू एउटा कुरा हुन्थ्यो भन्ने कन्टिर–बाबूलाई लागेको छ ।

    यसबाहेक एउटा वडा समितिको नेतृत्वमा सर्वसम्मत स्थापित गरिएकी १९ वर्षीया ती बहिनीको उदाहरणले देशैभर काङ्ग्रेसमा युवा नेतृत्व स्थापित हुँदै छ भने जसरी जुन तर्क भइरहेको छ, त्यसलाई भने अपव्याख्या मान्छन् कन्टिर–बाबू । कारण पार्टीभित्र जिरेटोक्र्याट (बूढा शासक)हरूको हालीमुहाली भएको कन्टिर–बाबूलाई मात्र होइन, दुनियाँलाई थाहा छ ।

    कन्टिर–बाबू भन्छन्– एउटा उदाहरण देखाएर मात्र हुँदैन । पार्टीको तलदेखि माथिसम्मको संरचनामा साँच्चिकै युवाहरूको प्रतिनिधित्व आधाभन्दा बढी भयो भने मानौँला १४औँ महाधिवेशनलाई काङ्ग्रेसजनले साँच्चिकै परिवर्तनको अवसरका रूपमा बुझेछन् । अन्यथा कोरोनाको तेस्रो लहर फैलिने आशङ्का भइरहेका बेला धेर नखोकेकै राम्रो !

    कन्टिर–बाबू सोच्छन्– स्वस्तिकाको उदाहरणले काङ्ग्रेस पार्टीको जीवनमा जोडनको काम गर्ला कि हम नहीं सुधरेङ्गे वाला पारा कायमै रहला ?

    koshionline

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, भदौ २०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.