×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

निषेधाज्ञाले सुनसान बन्यो गोरखा बजार : कोरोनाले खोसियो गाईजात्राको रौनक

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा बजारमा साँकेतिक रुपमा गाईजात्रा मनाउदै

    तस्बिर : कैलासबावु श्रेष्ठ

    गोरखा । गोरखा सदरमुकामको ठूलो आँगन, नयाँबजार छिपी टोल, बराह टोल लगायतका क्षेत्रमा हरेक बर्ष गाईजात्रा पर्वका दिन भिन्नै रौनक हुने गर्दथ्यो । गाईजात्राको दिन गाईको प्रतिक बनाएर टोल टोलबाट निस्कने जात्राको भिडले बाटोमा खुट्टा राख्ने ठाउँ समेत भेट्न गाह्रो हुन्थ्यो नेवार समुदायको बाहुल्यता रहेका यि क्षेत्रमा । नेवार समुदायले एक बर्ष भित्रमा दिवंगत भएका आफ्ना आफ्न्तको सम्झनामा मानिसलाई गाईको प्रतिक बनाएर नगरपरिक्रमा गर्ने परम्परा धेरै पुरानो हो ।

    युवायुवती, बुढापाका मात्र होइन सानासाना बालबालिकाहरु पनि बिभिन्न खालका भेषभूषामा फरक–फरक रुप धारण गरि बाजागाजा सहित सडकमा परिक्रममा गर्दा हेर्नेहरुको भिड उस्तै हुने गर्दथ्यो । तर बर्ष यो बर्ष नेवार समुदायको बाहुल्यता रहेका यि टोलहरु प्राय सुनसान जस्तै छन् । दिवंगत आफ्न्तले गाईको प्रतिक निकालेर बजार परिक्रमा गर्ने दिन गोरखा सदरमुकामको नेवार बस्तीका सडकमा अहिले गाईजात्रा होइन प्रहरीको भ्यान सारइन बजाउदै दौडिरहेका छन् ।

    ‘गाईजात्रा पर्व टोलमा यो बर्ष कति मान्छे मरेछ भन्ने देखाउने पर्व पनि हो, नेवार समुदायका अगुवा समेत रहनु भएका नयाँबजार छिपिटोलका सचिव रामबाबु श्रेष्ठ भन्नुभयो, यो पटक गोरखा नगरपालिकाले पनि सवै टोलका प्रतिनिधिलाई बोलाएर नगरी नहुने संस्कृति बाहेक भीडभाड नगर्न अनुरोध गरेपछि परम्परा धान्ने बाटो मात्र गरेका छौ ।’ टोलका दिवंगत प्रत्येक घरबाट एउटा एउटा गाई निकाल्ने र त्यही बाजागाजा बजाएर अन्य गर्ने उहाँले बताउनुभयो ।

    ‘कोरोना संक्रमणका कारण यो पटक जात्राको रुपमा कार्यक्रम गर्दैनौ, उहाँले भन्नुभयो, ८-१० जना मान्छे जम्मा हुन्छौ, गाई बनाउछाै, बाजा बजाउछाै, करिब १० मिनेटको भित्र सम्पन्न गर्ने गरि परम्परा धान्न मात्र पर्व मनाउछाै, यसपाली गाईजात्राको रौनक कोरोनाले खोसेको छ ।’ गाईजात्राको अबसरमा गोरखा जिल्लामा हरेक बर्ष बिहान व्याङग्यात्मक रुपमा जोगीहरु बनेर टोली परिक्रमा गर्ने प्रचलन पनि यहाँका नेवार समुदायमा रहदै आएको छ ।

    ‘जनैपूर्णिमाको दिन बाजागाजा सहित बिन्दबासिनी मन्दिरमा नुहाउन जाने र गाईजात्राको दिन बिहान जोगी बनेर बाराही मन्दिरमा नौ धारा नुहाउने प्रचलन पनि छ, उहाँले भन्नुभयो,‘ दिउँसो र बेलुकी पख मरेको मान्छेको घरबाट गाई निकाल्ने र संगै बाजागाँजा सहित टाकटुके नाच देखाउदै बजार परिक्रमा गरिन्छ ।’

    पिछी टोलमा डोकोमा बाँसहरु राखेर मानिसको हातखुट्टा जस्तै आकृति निर्माण गरि गाईको बनाउने यहाँको अर्को नौलो प्रचलन पनि हो । ‘त्यसरी बनाइएको गाईलाई दिवंगत परिवारका सदस्यहरु आएर पुजा गर्दछन्, उहाँले भन्नुभयो, त्यसपछि प्रसाद बितरण गरि नजिकैको कुण्डमा सेलाउने प्रचलन हाम्रो समुदायमा रहदै आएको छ ।’

    जात्रामा सहभागीहरुलाई सर्वत पानी खुवानउ नेवार समुदायको पुरानो बाक्ले बस्ती ठूलो आँगन टोलका अघिकांस घरका सटर बन्द छन् पुराना घरका ढोकाहरु खुलेका छैनन् । प्रहरीको भ्यान नछिर्ने गल्लीहरुमा समेत सुरक्षाकर्मीहरु सिट्ठी बजाउदै आएपछि फाट्टफुट्ट खुलेका भित्र बस्तीका सानासाना पसलहरु पनि हत्तपत्त बन्द गरिहाल्छन् । जिल्ला भित्र कोरोना संक्रमणको दर झनै बढ्दै गएपछि जिल्ला प्रसासन कार्यालय भदौं ११ गतेसम्म कडा निषेधाज्ञा जारी गरेकाले हरेक बर्ष गाइजात्राको दिन निक्कै रौनक देखिने बजार क्षेत्र आज सुनसान बनेको हो ।

    कोरोनाले गर्दा आफ्नो परम्परा र संस्कृतिलाई समेत घर भित्रै सांकेतिक रुपमा मनाउनु पर्ने बाध्यता भएको पाटेचौर टोलका नेवार अगुवा स्थानीयबासी हुकबहादुर श्रेष्ठ बताउनुहुन्छ । ‘गाईको प्रतिक बनाएर नगरपरिक्रमा गर्नाले बर्षभरिमा मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाएर बैतरणी पार गर्छन भन्ने धार्मिक बिश्वासका साथ गाइजात्रा पर्व मनाउने गरिएको उहाँको भनाई छ ।

    ‘बर्षभरिमा मृत्यु भएको घरबाट महिलाको मृत्यु भएको भए बालिका र पुरुषको भएको भए बालकलाई गाई बनाउने गरिन्छ, श्रेष्ठले भन्नुभयो, पछिल्लो समय धेरैजसो बालक गाई निकाल्ने प्रचलन समुदायमा सुरु भएको छ ।’ कोरोनाका जोखिमका कारण यो पटक पाटेचौर टोलले पनि जात्रा ननिकाल्ने र दिउँसो एउटा टोलबाट मूल गाई निकालेर रानी पोखरीमा लगेर सेलाएर संस्कार मात्र चलाउने बताउनुभयो ।

    ‘गतबर्षहरुमा धेरै रमाइलो गरिन्थ्यो, दिउँसो गाई निकालेर कालिला मन्दिर, दरबार, गणेश मन्दिर घुमाएर राती सेलाउने गरिन्थ्यो, श्रेष्ठले भन्नुभयो, अहिले कोरोना संक्रमणबाट जोगिन इतिहासमा पुर्खाले गरि आएको चालचलन र रीतिथिति मात्र जोगाउन गरि पर्व मनाइएको छ’
    गाइजात्रा मनाउने प्रचलन ठाउँ र क्षेत्र अनुसार फरक हुने भएपनि गोरखा जिल्लामा काठमाण्डौको संस्कारसंग मेल खाने उहाँ बताउनुहुन्छ । बाजागाँजाको ताल भने काठमाण्डौको भन्दा यहाँको अलि फरक छ, उहाँले भन्नुभयो, अन्य संस्कार भने लगभग सवै मिल्न जान्छ । गोरखामा गाइजात्राको दिन १३ वटा बाजाको ताल बजाउने गरिएको श्रेष्ठको भनाई छ ।

    सगुन दिने प्रचलन ः गाई सेलाएर फर्किएपछि जुन घरबाट गाई निकालेको हो त्यही घरमा जात्रामा सहभागी भएकाहरुलाई सगुन दिने प्रचलन रहेको उहाँले बताउनुभयो । नेवार समुदायले माछा, मासु, अण्डा, दहि, रक्सी, मासुलाई सगुनको रुपमा प्रयोग गर्ने श्रेष्ठको भनाई छ । गाई निकालेको घरबाट सुगन खाएर मात्र फर्कनु पर्ने चलन यहाँका नेवार समुदायको रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

    गोरखा सदरमुकाम क्षेत्रमा पुरानो संस्कृति अनुसार छिपिटोल, पँदेली, पाटेचौर, तिनधारे, ढाँड, बराह, मैदान, खिरेपानी, हरमटारी, कालिमाटी, शक्तिचोक, बसपार्क लगायतका क्षेत्रका टोलटोलबाट परम्परागत रुपमा गाइजात्रा निकाल्ने गर्दछन् । करिब ६ बर्ष अगाडीदेखि राजा प्रताप मल्लले छोरो मरेर शोकमा परेकी रानीलाई सम्झाउन एक बर्ष भरिमा एक बर्ष भित्र मरेका परिवारका आफन्तलाई दरबारमा ल्याउन निर्देशन दिएपछि सुरु भएको परम्परा जिल्लामा अहिलेसम्म पनि मौलिक ढंगले मनाउने गरिदै आएको छ ।

    रासस

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.