×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बाहिर–बाहिर लकडाउन, भित्रभित्रै खाजा !

  •  गोरखा समाचार
  • शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आशुतोष झा नवीन नाम भएका एक जना भ्रष्टाचारविरोधी मित्रले प्रदेश २ मा शिक्षाक्षेत्रमा व्यापक भ्रष्टाचार भएको भन्दै सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी बाँडेका छन् ।

    यस्तो गुप्त तर गम्भीर जानकारी पाएर कन्टिर–बाबू बिहानैदेखि परेसान छन् । जानकारी पाएलगत्तै उनी यति अत्तालिए कि आँखा रित्तो बनाउँदै नाक र कान छोडेर कुन बेला चस्मा भुइँमा झर्‍यो उनले पत्तै पाएनन् ।

    नवीनजीले पस्केको जानकारीअनुसार लकडाउनमा स्कुल बन्द भयो त के भो ? विद्यार्थीको खाजा भने बन्द भएन । खाजा खर्चका नाममा तीन जिल्लामा मात्र १४ करोडभन्दा बढी रुपैयाँ खर्च भएको छ ।

    सामाजिक सञ्जालमार्फत बाहिरिएको यो गुढ–गम्भीर जानकारीसँगै यतिबेला कन्टिर–बाबूको मनमा अनेकथरि जिज्ञासाले हिलकोर मारिरहेको छ । कन्टिर–बाबूको प्रश्न छ– स्कुल बन्द भएको बेला, खाजा कसले खाए ? कसरी खाए ? कहाँ बसेर खाए ? लकडाउनमा खाजा कहाँ र किन खरिद गरियो ? के विद्यार्थीलाई जुन, मिट र टिम प्रविधिमार्फत खाजा खुवाइयो ? कि आपसी मिलापत्र गरेर कागजमा खाजा खाइयो ?

    कन्टिर–बाबूका यी प्रश्नको उत्तर कसले दिने ? देशमा सूचनाको हकसम्बन्धी कानुन छ । प्रत्येक जनतालाई आफूले चाहेको सूचना माग्ने र मनमा लागेको प्रश्न गरेर उत्तर पाउने अधिकार छ । कन्टिर–बाबूलाई पनि यो अधिकार छ ।

    यदि कन्टिर–बाबुको प्रश्नको जबाफ वा त्यससम्बन्धी कुनै सुराक थाहा भए कृपया कन्टिर–बाबूलाई इन–बक्स गरिदिनुहोला । त्यस्तो नेक कामका लागि कन्टिर–बाबूले अवश्य पनि तपाईलाई मुरीमुरी धन्यवाद दिनेछन् । र भेट भएको बेला एक कप कफी अवश्य पिलाउने छन् ।

    कन्टिर–बाबू भन्छन्– माथिको दृष्टान्तका आधारमा शिक्षाक्षेत्रमा कति धेरै भ्रष्टाचार छ, त्यो प्रष्ट बुझ्न सकिन्छ । तर अचम्म यसको खोजबिन सरकारको प्राथमिकतामा पर्दैन । अहिलेसम्म शिक्षामन्त्री पनि नियुक्त गर्न नसकेको सरकारले भविष्यमा यसबारे कस्तो रवैया अपनाउनेछ, त्यो हेर्न बाँकी छ ।

    कन्टिर–बाबूले पाएको जानकारीअनुसार बाहिर–बाहिर लकडाउन, भित्रभित्रै खाजावाला यस प्रकरणमा धनुषा, सिरहा र रौतहटमा १४ करोड खर्च भएको छ । बाँकी खोजी गर्ने काम पत्रकार र स्थानीय प्रबुद्ध बुद्धिजीवीको हो, सरोकारवाला निकायको हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.