×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अध्यादेशले ल्याएको तरङ्ग

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अधिकांश राजनीतिक दल जनता केन्द्रितभन्दा पनि सत्ता केन्द्रित छन् । वर्तमान गठबन्धन सरकारले मङ्गलबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बुधवार राष्ट्रपति कार्यालयबाट जारी हुनेबित्तिकै नेपाली राजनीति पुनः एक पटक तरङ्गित हुन पुगेको छ । यो तरङ्ग सकारात्मक वा नकारात्मक के हो भन्ने निक्र्योल गर्न चाहिँ केही समय कुर्नैैपर्ने हुन्छ ।

    नेपाली राजनीति एकाएक तरङ्गित हुनुपर्ने मुख्य कारण हो, दल विभाजनसम्बन्धी अध्यावधिक कानुनमा अध्यादेशमार्फत सरकारले गरेको संशोधन । सरकारले पुरानो कानुनमा विद्यमान ‘संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशत’ सङ्ख्यामा संशोधन गरी नयाँ कानुनमा ‘संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत सङ्ख्या’ भन्ने थप गरेर दल विभाजनको प्रक्रियालाई सहज बनाएको छ । सरकारले यो सहजता किन आवश्यक ठान्यो, त्यो बहसको अर्को पाटो हो । यद्यपि, यो अध्यादेशबाट नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) भने तत्काल प्रभावित हुन पुगेका छन् । यो अध्यादेश जारी हुनेबित्तिकै नेपाल कम्युनिस्ट पार्टी एमाले र जसपा फूटको औपचारिक बाटोमा अग्रसर भएको देखिएको छ । दल विभाजनसम्बन्धी अध्यादेशलाई टेकेर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका वरिष्ठ नेता महन्थ ठाकुर यी दुवै दल विभाजनको जानकारी लिएर नयाँ दल दर्ताको निवेदनका साथ निर्वाचन आयोग पुग्नुभएको छ । स्मरणीय छ, यी दुवै दल निकै लामो समयदेखि आन्तरिक विवादबाट ग्रसित थिए । दल विभाजनको औपचारिक प्रक्रियालाई भने अध्यादेशले संस्थागत गरेको कुरामा कुनै विवाद हुन सक्दैन ।

    सरसर्ती हेर्ने हो भने यी दुवैै दलको विवादलाई निकास दिन अध्यादेशले सहजीकरण गरेको जस्तो देखिए पनि भविष्यमा यसले नेपाली राजनीतिलाई प्रतिकूल प्रभाव पार्ने हो की भन्ने आशङ्कालाई अस्वीकार गर्न सकिँदैन । दल विभाजनका सम्बन्धमा निकै सहज प्रक्रिया अँगालेको यस अध्यादेशले भविष्यमा अन्य दलहरूलाई नै प्रभावित नपार्ला भन्न सकिन्न । एउटा कुरा निश्चित छ, अध्यादेशले परिकल्पना गरेको कानुनी प्रावधानको उपस्थितिले नेपालको प्रत्येकजसो राजनीतिक दलको घाँटीमा तरवार झुण्ड्याएको छ भनियो भने त्यो असङ्गत कथन हुने छैन ।

    यो अध्यादेश वास्तवमा कति उचित छ वा छैन ? र अहिले नै यो अध्यादेश ल्याउनु कति आवश्यक थियो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर सम्बद्ध पक्षबाट अपेक्षित छ । अध्यादेश जारी भएपछिका दिनमा खासमा चिन्ताको मूल विषय कुन दल टुट्छ वा फुट्छ भन्ने भन्दा पनि प्रधान विषय त भोलिका दिनमा नेपाली राजनीति थप अनिश्चित र अस्थिर बन्ने त होइन भन्ने नै हो ।

    माथिका सन्दर्भहरू विश्लेषणको एउटा पाटो हो तर मुख्य विषय त यो अध्यादेश किन आयो र यसबाट कुन व्यक्ति वा दललाई फाइदा वा बेफाइदा के हुन्छ भन्ने हो । अवस्थाको मिहीन विश्लेषण गर्ने हो भने यो अध्यादेश वरिष्ठ वामपन्थी नेता माधवकुमार नेपालको स्वार्थ र दबाबमा आएको हो भन्ने कुरामा विमति हुन सक्दैन । केपी ओली नेतृत्वको सरकारलाई अपदस्थ गरेर वर्तमान गठबन्धन सरकारको निर्माण गर्न सबैभन्दा सशक्त र प्रभावकारी भूमिका नेता नेपालले निर्वाह गर्नुभएको कुरा कसैबाट लुकेको छैन । सरकार सञ्चालनको मूल साँचो अहिले पनि नेपालसँगै रहेको आकलन गरिनु अस्वाभाविक होइन । यस्तोमा नेता नेपालको बलले स्थापित वर्तमान सरकाले नेपालको हित रक्षा गर्नुलाई अत्यन्त स्वाभाविक मानिनु पर्छ । निश्चय पनि यो अध्यादेशको उद्देश्य एमाले र जसपाभित्रको अन्योलपूर्ण राजनीतिलाई प्रभावित गर्नु हो भन्नु गलत हुने छैन । जहाँसम्म एमालेको सन्दर्भमा यो अध्यादेशको साइनो छ, केपी ओलीलाई कमजोर बनाएर नेपाललाई स्थापित गर्ने प्रयाससँग जोडिएको छ । अध्यादेशबाट नेपाललाई कति फाइदा पुग्छ, त्यो त भविष्यले नै बताउला तर एमाले विवादको घानमा परेको जसपाको मूल पक्षलाई यस अध्यादेशबाट फाइदा नपुगे पनि महन्थ ठाकुर पक्षलाई भने मधेसमा लाभ मिल्न सक्ने सम्भावना बढेको छ । अहिले ल्याइएको अध्यादेशले बहुमतले अल्पमतलाई गर्ने कारबाहीको डण्डा वर्षाउने सन्त्रासलाई थोरै भए पनि नियन्त्रणतिर लैजाने अवस्थालाई बल पुरयाउने छ ।

    जहाँसम्म एमाले विभाजनको सन्दर्भ छ, हालसम्मको परिस्थिति हेर्दा नेपाल पक्षले सफलता प्राप्त गर्न निकै सकसपूर्ण अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ । विभाजनअघि नेता नेपाललाई मन, वचन र कर्मले सहयोग र समर्थन गरिरहेका नेताकोे मनोदशामा दल विभाजनपछि एकाएक परिवर्तनका सङ्केत देखिएका छन् । विगतमा नेता नेपालसँगै रहेका दोस्रो पुस्ताका अधिकांश नेता अहिले नेपालका पक्षमा स्पष्ट रूपले खुलेर सामुन्ने आउन सकिरहेका छैनन् । कहाँसम्म भने नेपालका पक्षबाट ओली पक्षसँग वार्ता गरिरहेका भनिएका नेताहरू नै ढुलमुलको अवस्थामा देखिनु उदेकलाग्दो छ । स्थिति साँच्चै यस्तै हो भने नेपालले भविष्यका लागि निकै ठूलो राजनीतिक जोखिम मोल्नुभएको स्पष्ट छ । प्रश्न स्वाभाविक छ, किन यस्तो अवस्थाको सिर्जना भयो त ?
    माथिको चर्चाको सन्दर्भमा दुई वटा सम्भावित उत्तर हुन सक्छन् । पहिलो, एमाले अध्यक्ष केपी ओली राजनीतिका चतुर खेलाडी हुनुहुन्छ । उहाँ निश्चय पनि चूप लागेर बस्नुभएको छैन ।

    ओलीले नेता नेपालको राजनीति सिध्याउन सम्पूर्ण तागत लगाउनुभएको कुरामा विमति छैन र यस सन्दर्भमा नेपालपक्षीय नेतालाई आफूतिर आकर्षित गर्न उहाँले हरसम्भव प्रयास गरिरहनुभएको छ, यो सत्य हो । यसको पछिल्लो प्रमाण हो, बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन । यस प्रदेशमा डोरमणि पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा गर्न लगाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने निर्णय ओलीले नेता नेपाललाई कमजोर बनाउने रणनीतिअन्तर्गत नै गर्नुभएको हो । स्मरणीय छ, शाक्य सधँ नेपाल पक्षमा क्रियाशील रहँदै आउनुभएकी जुझारु नेता हुनुहुन्छ तर अहिले उहाँले मुख्यमन्त्री पदसँग नेपालप्रतिको बफादारीलाई साट्नुभएको छ । ओली पक्षबाट यस्ता अनेक प्रयास भइरहेको हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । दोस्रो उत्तर हुनसक्छ, मूलधारको पार्टी र राजनीतिलाई परित्याग गरेर वैकल्पिक उपाय रोज्ने कुरालाई नेपाल पक्षका धेरैले जोखिम मोल्ने प्रयत्नका रूप लिएका हुन सक्छन् । । विश्व राजनीतिक इतिहासको मूल्याङ्कन गर्ने हो भने मूल दलबाट विभाजित भएका दलहरू थोरै मात्र सफल भएका दृष्टान्त छन् । माधव नेपाल र उहाँले गठन गर्न खोजेको नयाँ दलका सम्बन्धमा हाललाई यही दुई वटा अवस्था प्रतिकूल रूपमा उभिएका छन् भन्न कञ्जुस्याइँ गर्नु आवश्यक छैन । यिनै दुई वटा अवस्था केपी ओलीका पक्षमा लाभकारी स्थिति हुन् भन्नेमा पनि शङ्का छैन ।

    त्यसो त राजनीतिमा कुनै पनि कुरा निश्चित वा अनिश्चित हुँदैन भन्ने गरिन्छ । ओली र नेपालका पक्षमा देखिएको वर्तमान अवस्थामा भोलिका दिनमा परिवर्तन नआउला भन्ने कुराको ठोकुवा गर्न सकिँदैन । हुन सक्छ, हिजोसम्म नेपालका पक्षमा देखिएका नेताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेका हुन सक्छन् । भोलिका दिनमा नेपालको एमाले समाजवादी पार्टीको प्रभाव हेरेर ती नेताहरू पुनः नेपालतर्फै आउन सक्छन् । यति मात्र होइन, अहिले ओली पक्षमा देखिएका नेता पनि नेपालका पक्षमा चलायमान हुन सक्छन् । तर यी सबै अनुमान मात्र हुन्, अहिले नै यसै होला भनेर यकिन भन्न सकिँदैन । यही अवस्था ओलीका हकमा पनि लागू हुन्छ । यस आधारमा अहिले विभाजन भएको नेकपा एमालेको कुन पक्ष बलियो र प्रभावकारी हुन्छ, त्यसको निक्र्योल त आगामी दिनले नै गर्नेछ । यही अवस्था जसपाको उपेन्द्र–बाबुराम र महन्थ–राजेन्द्र पक्षका सन्दर्भमा पनि लागू हुन्छ ।

    लोकतन्त्रमा राजनीतिक दल गठन र विघटन हुनुलाई अत्यन्त स्वाभाविक मान्नुपर्ने हुन्छ । राजनीतिक दलको सङ्ख्या घटबढले मात्र लोकतन्त्रलाई निर्देशित गर्दैन । लोकतन्त्रलाई सही दिशामा निर्देशित गर्न दलहरूको कार्यदिशा, जनता र मतदातासँगको सम्बन्ध, लोककल्याण्कारी नीति, राष्ट्र र जनताप्रतिको समर्पणभावले महìवपूर्ण भूमिका निर्वाह गर्छ । एउटा कुरा के बुझ्नु जरुरी छ भने लोकतन्त्रमा दलको सफलता नेतामाथि मात्र निर्भर गर्दैन । खासमा दलको लोकप्रियता र प्रभावकारिताको मापन तथा अनुमोदनको आधार जनता हुन् । मूल कुरा जनपक्षीय एजेण्ड हो, जसले जनताका एजेन्डा बुझेर सोहीअनुरूप कार्यशैली अख्तियार गर्छ, उही नै जनताबीच स्थापित हुन्छ, यो सत्य हो । रह्यो शासन र सत्ताको कुरा, निश्चय पनि यसको प्रभाव स्थायी हुँदैन । तर दुखद कुरा के छ भने नेपालका अधिकांश राजनीतिक दल जनता केन्द्रितभन्दा पनि सत्ता केन्द्रित छन् । यस प्रवृत्तिले न त कुनै दल, न त जनता, न त देश कसैको पनि हित रक्षामा सघाउँदैन । अध्यादेश त एउटा बहाना मात्र हो ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.