×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मित्रहरूको धोकाघडीमा विनम्र समवेदना !

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबूको मुखमा हिजोदेखि हिन्दीको एउटा गीत झुन्डिएको छ– दिल अपना और प्रिय पराई ।।। १ अर्थात् हृदय आफ्नो भए पनि माया–पिरती त अर्काको हो । दुनियाँमा माया–पिरती यस्तो चिज हो, जसलाई आफ्नो जिम्मामा लिन त सकिन्छ तर माया गर्ने भनिएकाहरूको ग्यारेन्टी गर्न सकिन्न ।

    हिन्दीको यसै गीतसँग मिल्दोजुल्दो गीत नेपालीमा पनि रहेको कन्टिर–बाबूलाई थाहा छ । सिन्दुर सिनेमामा प्रयोग भएको त्यो गीत सम्झिँदै कन्टिर–बाबू गुन्गुनाउँछन्– अलि(अलि हार हो, अलि(अलि जित । कहिले पराई, कहिले मित, यही हो जीवन, अनमोल गीत १

    कन्टिर–बाबूले प्रसङ्गवश सम्झेका हिन्दी र नेपाली दुवै गीतको आसय भने उस्तै–उस्तै छ । को आफ्नो र को पराया हो, त्यो निश्चित हुँदैन । कन्टिर–बाबू भन्छन्– नेपाली राजनीति र यसका अग्र पात्रहरूको प्रवृत्ति पनि अहिले यस्तै अवस्थामा पुगेको देखिँदै छ ।

    राजनीति भन्ने कुरो पनि बडो विचित्रको हुन्छ । कुन बेला के हुन्छ ? को कुन बेला मित्र वा शत्रु बन्छ ? को नजिकिन्छ को टाढिन्छ, केही थाहा हुँदैन । युगौँदेखिका शत्रु मित्र र वर्षौका मित्र शत्रु हुने भन्ने कुराको कुनै अत्तोपत्तो हुँदैन ।

    त्यसो त कन्टिर–बाबू मान्छन्, राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र मानिँदैनन् । राजनीतिमा साम, दाम, दण्ड, भेद प्रयोगलाई पनि सामान्य मानिन्छ । तर गर्नेले कसैसँग मित्रता वा शत्रुता जे गरे पनि ‘निष्ठा’का साथ गरुन् । बेइमानी पनि इमानदारीसाथ गरुन् । जुन थालमा खायो त्यही थालमा फोहोर गर्‍यो भने जस्तो नसुहाउँदो काम नगरुन् भन्ने कन्टिर–बाबूको भनाइ हो ।

    विचरा माकुने अहिले यही हविगतमा पुगेको कन्टिर–बाबूको ठम्याइ छ । वर्षौदेखिका सहयात्री बफादार भनाउँदाहरूले माकुनेलाई चटक्कै छोडेको खबर सुनेदेखि कन्टिर–बाबू मुरलीधरले गाएको अर्को एउटा गीत सम्झिरहेका छन्– उडायो सपना सबै हुरीले !

    तिनै रावल, भट्टराई, पन्त, शाक्य, भुसाल आदिका भरमा तिनैको राजनीतिक जीवन सुरक्षाका लागि ७० वर्ष पुग्न केही महिना बाँकी रहेका माकुने, आफ्नै राजनीतिक जीवन दाउमा लगाएर पार्टी विभाजन गर्ने तहमा पुगेका होइनन् र ? तर आज तिनैले माकुनेलाई तीन बल्ड्याङ पल्ट्याइदिएको देख्दा कन्टिर–बाबूलाई पनि नरमाइलो लागेको छ ।

    वाह रे नेपालका राजनीतिकर्मीको राजनीति गर्ने तरिका ! आफ्नो वर्षौँको साखलाई जोखिममा राखेर माकुनेले पूर्वपराजित सेनापतिहरूको भारमा एमाले युद्ध जित्ने सपना देखेका थिए । तर मित्रहरूको धोकाघडीले विचरा उनको त्यो सपना त पूरै प्रभावित हुने सम्भावना पो देखियो ।

    तर कन्टिर–बाबू, नेपालको राजनीतिमा जे पनि हुनसक्ने देखिरहेका छन् । जसरी प्रायः क्रिकेट खेलमा अन्तिम बल नफालुन्जेल हारजितको परिणाम यस्तै हुन्छ भन्न गाह्रो हुन्छ, उसरी नै भोलीका दिनमा नेपाली राजनीतिको दाउ नउल्टिएला भन्न सकिन्न ।

    अहिलेका लागि कन्टिर–बाबू परम मित्रहरूको धोकाघडीबाट पीडित बनेको नेतृत्वका पक्षमा समान दुःख मनाउ गर्नबाहेक केही गर्न सक्दैनन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, भदौ ०४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.