×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मानिँदैन दलदलतिर लैजाने जालसाजी काम

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आफूलाई पर्दा रूने र अर्कालाई पर्दा हाँस्ने समग्र नेपाली समाजको प्रवृत्ति हो भन्ने कुरा कन्टिर–बाबूले राम्रैसँग बुझेका छन् । तर उनले बुझेर मात्र गर्नु के ? बुझ्नुपर्नेले कुरा नबुझिदिएपछि ।

    सन्दर्भ नयाँ अध्यादेशको हो । वर्तमान गठबन्धन सरकारले दल विभाजनसम्बन्धी नयाँ कानुन पनि अध्यादेशमार्फत ल्याउने निर्णय गरेको छ । यससम्बन्धी पुरानो कानुनमा भएको ‘संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशत सङ्ख्या’मा संशोधन गरी अब ‘संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत सङ्ख्या’ भन्ने थपिएको छ ।

    यस आधारमा कन्टिर–बाबूले बुझेको कुरा के हो भने अब दल विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये कुनै एकको २० प्रतिशत सङ्ख्या पुर्‍याए पुग्ने भो । कन्टिर–बाबूको चिन्ता कसले दल तोड्छ वा फोड्छ भन्ने होइन, उनको चिन्ता त यसै आधारमा भोलिका दिनमा नेपाली राजनीति थप अनिश्चित र अस्थिर बन्ने सम्भावना बढ्छ भन्ने हो ।

    जे होस्, यो अध्यादेशले नेपाली राजनीतिमा एक विशेष तरङ्ग भने सिर्जना गरेको छ । कन्टिर–बाबूलाई लाग्छ, यो अध्यादेशले तत्काल तीनवटा अवस्थाको सिर्जना गर्छ । पहिलो, यस सरकारमा ‘माकुने’को हस्तक्षेपकारी भूमिका बढ्नेछ र उनले जे चाहन्छन्, सरकार त्यो गर्न बाध्य हुनेछ । यसर्थ यो अध्यादेश उनकै नियत र हितका आधारमा ल्याइएको हो भन्ने कुरामा शङ्का छैन ।

    दोस्रो, ओल्बाको क्याम्पमा थप हडकम्प मच्चिनेछ र ओल्बाका कार्यकर्ताले यसको धुवाँधार विरोध गर्नेछन् । तेस्रो, नेकपा एमाले फुटनेछ र यसपछि लगातार अन्य पार्टी पनि फुट्ने सम्भावना बढ्नेछ ।

    जहाँसम्म ओल्बाका कार्यकर्ताले विरोध गर्ने कुरा छ । त्यो जायज हो कि नाजायज पाठकले नै छुट्याउन कन्टिर–बाबू आग्रह गर्छन् । हिजो ओल्बाले पार्टी फुटाउने अध्यादेश ल्याउँदा एकथरिले दियो बाली–बाली स्वागत गरेकै हुन् । उनीहरूबाटै आजचाहिँ रोइलो किन ? अनि हिजो विरोध गर्नेहरू आज अध्यादेश आगमनको उफ्री–उफ्री, चर्को स्वरमा समर्थन र स्वागत गरिरहेका छन् । अर्को आश्चर्य यता पनि छ ।

    असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन । अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथिकै जालसाजी काम हो ।

    कन्टिर–बाबूका अनुसार यी दुवै अतिवादी सोच हुन्, जो वास्तवमा आफैँमा गलत छ । झन् राजनीतिक स्थिरताको दुहाइ दिनेहरूले त यो सजिलै दल फुटाएर अस्थिरताको दलदलतिर जाने कामको समर्थन कुनै हालत गर्नुहुँदैन ।

    कन्टिर–बाबूको दृष्टिमा– सजिलै दल फुटाउने अध्यादेशको हिजो समर्थन गर्ने नि गलत, आज गर्ने नि गलत ।

    संविधानविद् भीमार्जुन आचार्यका शब्द पैंचो लिँदै कन्टिर–बाबू बिट मार्छन्– हिजो त्यही काम ओली सरकारले गर्दा गलत, आज देउवाले गर्दा ठीक भन्ने हुँदैन । असाधारण र अत्यावश्यकीय अवस्थामा बाहेक अध्यादेशको उपस्थितिलाई संविधानले स्वीकार गर्दैन । अझ जानीजानी संसद्लाई छलेर अध्यादेश ल्याउनु भनेको त संविधानमाथिकै जालसाजी काम हो ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, भदौ ०१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.