×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मपाइँ सँगसँगै आश्चर्यजनक असुली

  •  गोरखा समाचार
  • आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कसैले तपाई भनोस् कि नभनोस् कन्टिर–बाबू आफैँले आफैँलाई तपाई भन्छन् । तर यो रोग हो भने यो रोग कन्टिर–बाबूलाई मात्र छैन, अरूलाई पनि छ । लागे पागे बुढबा–बुढियाके दोष है ! कन्टिर–बाबूलाई लाग्छ, पत्रकारितासँग सम्बन्धित प्रेस काउन्सिल भन्ने संस्था पनि अहिले कन्टिर–बाबूकै जस्तो रोगबाट ग्रसित छ ।

    लु जा, मपाइँत्वकै कुरा त हो नि, कन्टिर–बाबू आफूलाई प्रेस, विचार तथा अभिव्यक्ति स्वतन्त्रताका अब्बल दर्जाका पक्षपाती मान्छन् । कुनै पनि बहानामा प्रेसलाई नियन्त्रित गर्ने सोचविरुद्ध यत्र, तत्र, सर्वत्र हुन्छन् कन्टिर–बाबू ।

    तर प्रेस, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको मुख्य सरोकारवाला प्रेस पनि जिम्मेवार भने हुनुपर्छ । यस आधारमा प्रेसको नियमन गर्नुपर्ने कुराप्रति भने कन्टिर–बाबू सहमत छन् । कन्टिर–बाबू स्पष्ट छन्– तर नियमनका नाममा कुनै सरोकारवाला निकायले सीमा नाघ्न चाहिँ मिल्दैन ।

    कन्टिर–बाबू र उनका मित्रहरूले पहिलेदेखि भन्दै आएका हुन्– अनलाइन सञ्चालन निर्देशिका २०७३ (पहिलो संशोधन २०७४) असङ्गत छ । अरे यार, सूचना तथा प्रशारण विभागमा दर्ता भएपछि अनलाइनहरू प्रेस काउन्सिलमा सूचीकरण गर्नुपर्ने किन ? आचारसंहिताकै अनुगमनका लागि हो भने त काउन्सिलले सूचना विभागसँग दर्ता भएका अनलाइनको सूची मागे, प्रयोग गरे भइहाल्यो । विभागका महानिर्देशक काउन्सिलका पदेन सदस्य–सचिव जो हुन्छन् ।

    कन्टिर–बाबूलाई लाग्छ– सूचीकरणको यो प्रावधान घुमाउरो पाराले अनलाइन सञ्चालनमाथि काउन्सिलको हस्तक्षेपकारी मनसाय हो । खै कन्टिर–बाबू र उनका मित्रहरूले कुरो नबुझेका हुन् कि राज्यले बुझ पचाएको हो ?

    अनि अर्को कुरो, साउन २६ गतेको मितिमा काउन्सिलले एक विज्ञप्ति जारी गरेर अनलाइन सञ्चालनका सन्दर्भमा आचारसंहितासम्बन्धी तालिम लिनुपर्ने र यो तालिम काउन्सिल आफैँले सञ्चालन गर्ने जनाएको छ ।

    कन्टिर–बाबू भन्छन्– ल, यहाँसम्म त कुरा ठीकै होला तर तालिमका लागि काउन्सिललाई पाँच हजार रूपैयाँ शुल्क बुझाउनु पर्ने रे ? नबुझिएको कुरो यो शुल्क लिनुको उद्देश्य भने के होला ? सरकारी संयोजनमा तालिम चलाउने हो भने काउन्सिलले यस्तो शुल्क लिन मिल्छ ? मूल काम नै आचारसंहिताको प्रचार–प्रसार र अनुगमन भएको संस्थाले आचारसंहिताकै नाममा रकम असुल्न एक सुता सुहाउने कुरा होइन ।

    कन्टिर–बाबूको विचारमा यस्तो प्रावधान अनलाइनलाई जिम्मेवार बनाउनुभन्दा पनि यसको सञ्चालन प्रक्रियालाई हतोत्साहित गर्ने जस्तो भयो । हुनसक्छ कन्टिर–बाबूले कुरा नबुझेको पनि । बुझेका कसैले इन–बक्समा जानकारी गराइदिन सादर आग्रह गछन् ।

    koshionline

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, साउन ३१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.