×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आफैँले बिर्सेका कुरामा धन्यवादका पात्र

  •  गोरखा समाचार
  • बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबूलाई हाम्रा ओल्बा बडा गजबका लाग्छन् । हास्यरसले भरिपूर्ण ओल्बाका गफले जस्तै निरस मानिसलाई पनि हँसाउने र सरस बनाउने अपूर्व क्षमता राख्छन् ।

    यस्तो महत्त्वपूर्ण गुण सबै जनामा हुँदैन । कहिलेकाहीँ त कन्टिर–बाबूलाई लाग्छ, के खायो भने ओल्बाको जस्तो अद्भूत गुण आफूमा आउँछ होला ? थाहा पाए हल्का ट्राइ मार्न हुन्थ्यो ।

    यस्तै हास–परिहासपूर्ण व्यवहार ओल्बाले हिजो संसदमा प्रस्तुत गरेका छन् । भनिरहनु नपर्ला ओल्बाले यही संसदको मर्ममा दुईपल्ट प्रहार गरेर कोमामा पुर्‍याएका थिए । अदालतले पानी छम्केर ब्युँताएको हो ।

    अरे यार, देशको सर्वशक्तिमान शासक, दुईतिहाइवाला कार्यकारी प्रमुख भएर करिब ४० महिना बिताउँदा आफूले गर्न नसकेका काम ओल्बाले नयाँ सरकारबाट तत्काल हुनुपर्ने अपेक्षा गरेका छन् । आफूले केही पनि नगर्ने अनि अरूलाई तत्कालै जिम्मेवारी भिराउने कुरा कति उचित हो ?

    कन्टिर–बाबू भन्छन्– यसको अर्थ देउवा सरकारले केही पनि नगर्नुपर्ने भन्ने होइन तर समय त दिनुपर्‍यो नि । सरकारको काम–कारबाहीको मूल्याङ्कन गर्न कम्तीमा सय दिनको समय दिने त एक किसिमले अन्तर्राष्ट्रिय राजनीतिक परम्परा नै हो ।

    जगजाहेर छ, ओल्बाले जिन्दगीभर सत्ता र शक्तिको दिवास्वप्न देखे । सत्ता उन्मादमा उनले गफमात्रै त गरे नि, सार्थक काम त उनीबाट के भयो र खै ? तपाईलाई थाहा छ, यो प्रश्न कन्टिर–बाबू एक्लैको मात्र होइन । ओल्बालाई चिन्नेजान्ने सबैका मनमा अहिले यस्तै प्रश्न नाचिरहेको छ । यो अलग कुरा हो कि कतिले सोध्छन्, कतिले सोध्दैनन् ।

    ले घाँस, प्रायः कहिले पनि संसद् नजाने ओल्बाले हिजो संसद् गएर मनको बह पोख्ने नाममा सरकारसामु अनेक प्रश्न तेस्र्याएका छन् । तर कन्टिर–बाबूको चासो छ, क्यान्टोनमेन्ट भ्रष्टाचार, बालुवाटार प्रकरण र गौर हत्याकाण्ड सुल्झाउन, लिपुलेक फर्काउन र सीमा समस्या हल गर्न ओल्बा आफैँले भने कति पहल गरे ?

    कन्टिर–बाबू भन्छन्– विगतमा कुबेलामा अनेक फन्डा खडा गरेर यी विषयको जिम्मेबारीबाट आफू पन्छिने र अहिले पानीमाथिको ओभानो हुने कामलाई राजनीतिक आदर्श मान्न सकिन्न । यो त भ्रामक कुरो हो र यस्ता भ्रामक कुरा कसैले पनि गर्नुहुँदैन ।

    तथापि ओल्बाले समाधान गर्न समय वा ध्यान नदिएका तर अहिले आएर संसदमा रेकर्ड गराएका कुराहरू मुलुकको राष्ट्रियता र सुशासनसँग जोडिएका गम्भीर सवालहरू हुन् । आफूले काम गर्न नसकेको कुरा बिर्से पनि राज्यले ध्यान दिनैपर्ने ती काम सम्झिने–सम्झाउने ओल्बा यतिबेला धन्यवादका पात्र छन् ।

    कन्टिर–बाबू भन्छन्– कुरा जसले उठाए पनि यस्ता सार्वजनिक महत्त्वको सवालमा सरकार गम्भीर हुनुपर्छ । र त्यही गम्भीरताका साथ समस्या समाधानका लागि पहल अघि बढाउनुपर्छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, साउन २७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.