×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सङ्घीयतामा मसाज, लाजमर्दो काज

  •  गोरखा समाचार
  • सोमबार, साउन २५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बडो गजबको कुरो छ यार ! सङ्घीयता र स्थानीय तहको पक्षमा कन्टिर–बाबूहरू जतिसुकै कुर्ले पनि तिनलाई सशक्त बनाइनुपर्छ भनेर जतिसुकै सङ्घर्ष गरे पनि आखिर हुने त्यही हो– जो हुनु छ ।

    कन्टिर बाबु भन्छन्– के गर्नु, सङ्घीयता र स्थानीय तह सञ्चालकहरू नै खराब भएपछि कसको के लाग्छ ? दोष जति ‘सिस्टम’लाई पन्छाएर आफू ओभानो हुन त खोज्नु भएन नि !

    स्थानीय तहका यस्तै एक खराब सञ्चालक भेटिएका छन्– प्रदेश २ को धनुषा जिल्लामा । प्रदेश २ त्यही प्रदेश हो, जो हम्मेसी देशमा सङ्घीयता स्थापनाको पूरा पूरा ‘जस’ लिन खोज्छ । यही प्रदेशको विदेह नगरपालिका मेयर एक अनपेक्षित क्रियाकलापमा संलग्न भएको भिडियो हालै भाइरल भएको छ । भिडियोमा मेयर साहब सोफामा खुट्टा फैलाएर बसेका छन् र एक कर्मचारी युवा उनको ‘पाउ–सेवा’ गरिरहेका छन् ।

    कन्टिर–बाबूले हेरेको भिडियोमा पाउ–सेवक ती युवाको अनुहार राम्ररी चिनिन्न । तर समाचारहरूमा उल्लेख भएअनुसार ती सेवक सोही नगरपालिकामा कार्यरत कार्यालय सहयोगी हुन् ।

    समाचारमै उल्लेख भएअनुसार ती सेवक मेयरका भाइ नातामा पर्छन् । कतै रोजगारी नपाएपछि मेयर साहबको कृपादृष्टि ती बेरोजगार युवामा परयो र उनले नगरपालिकामा जागिर लगाइदिए ।

    ले घाँस, जागीर त गजबकोे पो रहेछ– कार्यालयमा कार्यकक्ष बन्द गरेर मेयर साहबको पाउ–पूजा गर्नुपर्ने !

    अरे यार, आजको जमानामा पनि यस्तो सामन्ती पारा हुन्छ ? अस्ति जाजरकोटमा वडाध्यक्षले एक नागरिकलाई तथानाम गर्दै कुटे । अहिले फेरि धनुषाका मेयरको पाउ–सेवावाला कर्तुत बाहिरिएको छ । अनि एउटा गाउँपालिका यस्तो पनि देखियो जहाँ उपप्रमुखका ससुराको मृत्यु हुँदा शोक मनाउन गाउँपालिकामा सार्वजनिक बिदा नै दिइयो ।

    हरे शिव ! के गरेको यस्तो ? फोहोर गर्नेभन्दा देख्नेलाई लाज भनेको यही हो । कन्टिर–बाबूलाई मात्र होइन, मानवअधिकारको धज्जी उडाउने यस्ता कार्य कसैलाई पनि सह्य हुँदैन ।

    कन्टिर बाबू सोध्छन्– होइन, आखिर सङ्घीयता र स्थानीय तहको नाममा गाउँ–गाउँका भुरे–टाकुरेमा साँच्च्किै राजा–रानी बन्ने महत्त्वकाङ्क्षा के सारो चुलिएको हौ ? के यस्ता कार्यले सङ्घीयताको सफल कार्यान्वयनलाई सघाउँछ ?

    साँच्चै, कन्टिर बाबूले थाहा नपाएरै सोधेका हुन् । कसैले अन्यथा मान्नुपर्ने कुनै कारण छैन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन २५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.