×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मार–मुङ्ग्रीवाला भाइरल भिडियोमा लाजको पसारो

  •  गोरखा समाचार
  • मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दृश्यमा एउटा सरकारी विद्यालयको बन्द परिसर छ । पचास–साठी जना उही उमेर समूहका मान्छेहरू छन् । हातमा जस्तो भेटियो त्यस्तै लाठी, भाटो र बाँसका टुक्राहरू छन् ।

    दृश्य यतिमा मात्र सीमित छैन । जसले जसलाई सक्छ, उसले त्यसलाई थला बस्ने गरी हिर्काइ पनि रहेका छन् । कोही कुटाइ खाएर थचारिएका छन् । फेरि उठ्दै अर्कोलाई हान्न दौडिरहेका छन् ।

    दृश्य स्थानीय शैक्षिक महाभारतको हो । कथाको सुरुमा थाहा हुँदैन तर उत्कर्षका बेला कोही भाग्ने र कोही नभाग्ने दृश्य देखिए पछि चाहिँ प्रष्ट हुन्छ कि उनीहरू स्पष्टतः दुई पक्षका मानिस रहेछन् ।

    सुरुमा कन्टिर–बाबूलाई लागेको थियो यो ‘अपन लाठी अपन राज’ शीर्षकवाला कुनै भोजपुरी सिनेमाको उत्कर्ष–दृश्यको सुटिङ होला । तर होइन रहेछ, यो त साँच्चैको र सम्पादन नगरिएको भिडियो फुटेज पो लिक भएको रहेछ ।

    दुई समूह एक–अर्काविरूद्ध आक्रमण–प्रत्याक्रमणमा उत्रिएको उल्लिखित मार–मुङ्ग्रीवाला भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    कन्टिर–बाबूले निकै गम्भीर भएर हेरेको यो भाइरल भिजुअलमा दुवै समूहको झगडाको कारण भने खुल्दैन । तर यो अनपेक्षित दृश्य हेर्दै गर्दा कन्टिर–बाबूको मनमा दुइटा सवाल टड्कारो रूपमा उब्जिए । के यो कार्य उचित हो ? विद्यालय परिसरमा अभिभावकहरूद्वारा प्रस्तुत यस्तो शक्ति प्रदर्शनलाई कुनै तर्कले उचित ठहरयाउन सकिएला ?

    रौतहट जिल्लाको माधवनारायण नगरपालिकास्थित श्री माध्यमिक विद्यालय परिसरमा भएको यो लफडालाई ग्रामीण शैक्षिक–क्षेत्रमा देखापरेको सामान्य घटना मान्न सकिन्न भन्ने कन्टिर–बाबूको ठहर छ ।

    उक्त विद्यालयको व्यवस्थापन समितिको म्याद सकिएको अवस्थामा हाल सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियानका सन्दर्भमा दुई पक्षबीच झडपको स्थिति उत्पन्न भएको थाहा पाएर विचरा कन्टिर–बाबूको मन कटकटी खाएको छ । उनी कुनै पनि नाम र बहानामा हुने यस्ता क्रुर घटनाको धोर भत्सर्ना गर्छन् ।

    विद्यालयजस्तो शान्तिक्षेत्र मानिने स्थानमा यस्तो हिंसात्मक क्रियाकलाप गरेर अशान्ति मच्चाउन दुवै पक्षलाई कारवाही हुनुपर्ने कन्टिर–बाबूको माग छ । उनी यसका लागि स्थानीय प्रहरी–प्रशासन र नेपाल सरकारको ध्यानाकर्षण होस् भन्ने आग्रह पनि गर्छन् ।

    त्यसो त कन्टिर–बाबूले ग्रामीण क्षेत्रमा हुने ‘लोकल पोलिटिक्स’को रगडा राम्रैसँग बुझेका छन् । विद्यार्थी भर्नामा आफ्नो पक्षको सङ्ख्या बढाएर भविष्यमा विद्यालय व्यवस्थापन समितिको परिणाम प्रभावित गर्न खोज्ने मनसायका कारण झगडाको अवस्था सिर्जना भएको कुरा बुझ्न कन्टिर–बाबूलाई समस्या छैन ।

    क्षणिक आवेशयुक्त यस्ता घटनाले आफ्नै बालबालिकाका नजरमा अभिभावकको स्तर र इज्जत दुई कौडीको पनि बाँकी नरहने, दुनियाँसामु आफ्नै गाउँ–ठाउँको बेइज्जत हुने कुरामा भने आइन्दा सचेत रहन अभिभावकसमक्ष कन्टिर–बाबूको आग्रह छ ।

    कारण हिजोआज हरेकका हातमा मोबाइल छन् । तिनले अनपेक्षित केही छिरिक्क भयो कि सिसी क्यामेराले जस्तो रेकर्ड गरिहाल्छन् । र छिनका छिनमै भाइरल बनाइहाल्छन् ।

    यस्तोमा कन्टिर–बाबूको आग्रह छ– अब आफैँ सोच्नुहोला, यसरी सार्वजनिक ठाउँमा आफूले रामधुलाइ खाएको भिडियो भाइरल भएको अवस्थामा आफ्ना छोरी–बुहारी, ससुरालीतिरका आफन्त, चेला–चपाटी अनि समाजका माझमा शिर ठाडो पारेर कसरी हिँड्ने ? कन्टिर–बाबू भए त लाजले ठाउँको ठाउँ भुतुक्क हुन्थे ।

    कन्टिर–बाबू भन्छन्– यदि यो मार–मुङ्ग्रीवाला भाइरल भिडियोमा देखिएका, नदेखिएका घटनामा संलग्न कसैलाई यो घटनामा आफूले खुब बहादुरी प्रदर्शन गरेँ जस्तो लाग्छ भने त्यो जस्तो कुतर्क अर्को हुँदैन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.