×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मातृभाषा नबोल्ने विद्वानको गवाँर विद्वता

  •  गोरखा समाचार
  • शनिबार, साउन १६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबूका दुःख पनि अनेक छन् । यिनले भाँति–भाँतिका मानिस भेट्नुपर्छ । भेट्नुमात्र पर्दैन यस्ता भाँति–भाँति मनुवाका भाँति–भाँति गन्थनको साक्षी पनि भइदिनु पर्छ । सुन्न पट्यार लागे पनि तिनका सन्तोषका लागि सुनिदिनु पर्छ ।

    यस्तै हिजो एक जना आफूलाई बौद्धिक हुँ भनी दाबी गर्नेको कुरा कन्टिर–बाबूले घाँटी–घाँटी हुन्जेल सुन्न बाध्य हुनुपर्‍यो । उनले कुरैकुरामा आफ्नो कथित विद्वता छाँट्दै कन्टिर–बाबूलाई सुनाए– मातृभाषाको प्रयोग गर्नेहरू ‘गवाँर’ हुन् । उनीबाट यस्तो अनपेक्षित र नचाहिँदो कुरा सुनेर कन्टिर–बाबूको दिमाग खराब !

    अङ्ग्र्रेजीको वकालत गर्ने ती मनुवालाई कन्टिर–बाबूले सोध्न चाहेका थिए– तपाई जन्मँदा कुन भाषामा रुनु भयो ? तपाईले उच्चारण गरेको पहिलो शब्द कुन भाषाको थियो ? तपाईको प्रारम्भिक सिकाइ कुन भाषाको माध्यमबाट भयो ? तर कन्टिर–बाबूले कुरा तन्काउन चाहेनन् र सोधेनन् ।

    तर कन्टिर–बाबूले प्रत्यक्षतः यति चाहिँ भने– त्यसो भए त सबैभन्दा ठूला गवाँर त अङ्ग्रेजी, चिनियाँ र हिन्दी मातृभाषीहरू हुन् । विश्वको आधाभन्दा बढी जनसङ्ख्याको मातृभाषा यही तीन भाषा हो ।

    त्यसो त कन्टिर–बाबू अङ्ग्रेजीलगायत अन्य भाषाका विरोधी होइनन् । उनको ठहर छ, जति बढी भाषाको जानकारी हुन्छ, मानिसको ज्ञानको दायरा त्यति नै फराकिलो हुन्छ । कन्टिर–बाबू स्वयम् पनि सात–आठ भाषाको जानकारी राख्छन् । उनलाई यसले फाइदा नै पुगेको छ ।

    तर मातृभाषा भनेको मातृभाषा हो । यो व्यक्ति, समुदाय र समाजको सभ्यता, संस्कृति र पहिचानको आधार हो । ज्ञान आर्जनको पहिलो स्रोत हो । यसका विरूद्ध कन्टिर–बाबु कुनै सम्झौता गर्न सक्दैनन् ।

    यस्तो बेलामा कन्टिर–बाबू मैथिली भाषाका महान् कवि सीताराम झाका दुई पङ्क्ति सम्झिन्छन्–
    ‘हा, जे नहि बजैछ नीज मातृभाषा मैथिली ।
    मोन होइछ छाउर लपेटि जिह ओकर सट्ट द घीच ली ।

    अर्थात्, जसले आफ्नो मातृभाषा मैथिली बोल्दैन, मन हुन्छ खरानी धसेर उसको जिब्रो थुतुँ । यहाँ मैथिली कविको उदाहरण उल्लेख गरिएकाले माथिको पङ्क्तिमा मैथिलीको चर्चा गरिएको हो । कुरो त सबै मातृभाषाको हकमा उही हो नि ! कि कसो ?

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, साउन १६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.