×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

राजनीति र कोरोनापछि ट्रेन्डिङमा भुँडी प्रदर्शन !

  •  गोरखा समाचार
  • सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू आफूलाई पुरानो जमानाको मान्न तयार छैनन् । तर विडम्बना ! उनी नयाँ भनिएको जमानासँग तालमा ताल मिलाएर हिँड्न त खोज्छन् तर हुन सकिरहेका छैनन् ।

    नयाँ भनिएको जमानाले जसलाई सामान्य ठान्छ, आधुनिक मान्छ, कन्टिर–बाबूजस्ताको आँखाले त्यस्ता आधुनिक भनाउँदा कुरामध्ये केहीलाई फुहड, अनावश्यक र उत्ताउलो देख्छ । तर के गर्नु, आफूलाई नयाँ भनिएको जमानामा हुर्के–बढेकाहरूले कन्टिर–बाबूहरू जस्तालाई अस्वीकार गर्छन् र आफूहरूलाई उत्तर आधुनिक ठान्छन् ।

    खासमा कन्टिर–बाबूहरू नयाँ र पुराना भनिएको जमानाबीचका योजक हुन् । समाजरूपी खोलाको ओल्लो घाट र पल्लो घाटलाई जोड्ने पुलको काम गर्छन् । कन्टिर–बाबूलाई लाग्छ– उनीहरू नयाँ भनिएको जमाना र मानिसका अनुभवी सहजकर्ता हुन् ।

    माफ गर्नुहोला, अहिलेको पुस्ता उत्तर आधुनिकताका नाममा आवश्यकताभन्दा बढी फेसेनेबल हुन् र सस्तो प्रदर्शनमा रमाउन पल्किन थालेको देखेर भने कन्टिर–बाबू चिन्तित छन् । अहिले आधुनिकता र अधिकारका नाममा सामाजिक सञ्जाल तथा मिडियामा भुँडीको बिस्कुन फिँजारिएको देखेर कन्टिर–बाबूलाई लेख्न–बोल्न पनि सिकसिको लागिरहेको छ ।

    नाम नतोकौँ । तपाई चिन्नुहुन्छ सबलाई । महान् तथा गौरवशाली क्रान्तिकारी नेताको परिवारदेखि सेलिब्रिटी कलाकारसम्म एक दर्जनभन्दा चेलीबेटीहरू नाङ्गो भुँडी देखाएर पोज–पोजको फोटो अपलोड गरिरहेका छन् । यतिसम्म त कन्टिर–बाबूले पचाएकै हुन् तर जब यस्तो समाज अमिल्दो कार्यलाई एक क्रान्तिकारी नेताले महान् क्रान्तिकारी कदम भनी प्रशंसा गरिदिए, त्यसपछि भने कन्टिर–बाबूको मन खिस्रिक्क भएको छ ।

    कन्टिर–बाबू चस्माको डाँडी मिलाउँदै सोचिरहेका छन्– गर्भवती महिलाले भुँडी देखाएको फोटो पोस्ट गर्दा कस्तोखाले क्रान्तिकारिता हुन्छ ?

    ३०३९ सालमा एसएलसी दिँदा कन्टिर–बाबूले चर्चिक व्यङ्ग्यलेखक भैरव अर्यालको जय भुँडी निबन्धका बारेमा सप्रसङ्ग व्याख्या गरेर नेपालीमा ६७ नम्बर ल्याएका थिए । तर त्यो बेलाका नेता तथा सरहरूले नाङ्गिएको भुँडी प्रदर्शनमा अहिलेको जस्तो क्रान्तिकारिता देखेनन्–सिकाएनन्, अन्यथा कन्टिर–बाबूले डिस्टिङ्सन हान्ने थिए ।

    यतिबेला राजनीति र कोरोनाबाहेक कुनै विषयले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ भने त्यो भुँडी प्रदर्शनको होडबाजी नै हो । तर कन्टिर–बाबू व्यक्तिगत स्वतन्त्रता उपयोगको नाममा यस्तो स्वछन्दता प्रदर्शनलाई कुनै हालतमा राम्रो मान्दैनन् ।

    तर कन्टिर–बाबू भन्छन्– सौन्दर्य त छोपेकै राम्रो । छोपिएको सौन्दर्यमा जुन आकर्षण छ, त्यो आकर्षण खुलामा छैन । महिलाको प्रजनन प्रक्रियासँग सम्बन्धित प्राकृतिक विषयलाई कसैले पनि हाँसो, गाली वा लाजको विषय बनाउनु हुँदैन ।

    koshionline

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, साउन ११, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.