×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपालीमा मनपरी, अङ्ग्रेजीमा सरी !

  •  गोरखा समाचार
  • शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कुरा गर्‍यो कुरैको दुःख, नगरो मनको दुःख । घुमीफिरी रुम्जाटार भने जस्तो घुमीफिरी ओल्बाकै कुरा आउँछ । नबोलुँ भन्दा पनि बोल्ने भाउतो कन्टिर–बाबूलाई आइलाग्छ ।

    कुरो खरोखास छ । प्रसङ्ग कुराकै छ । ओल्बा बालुवाटारबाट हुत्तिएर बालकोट बुइँगल पुगिसक्दा पनि ‘राजशी’ सोच र बोली भने फेरिएको छैन । यस्तो बेलामा कन्टिर–बाबू मधेसतिर चलनचल्तीको एउटा उखान सम्झिन्छन्– रस्सी जल गया पर बल नही गया । अर्थात् डोरी डढिसक्यो तर बल भने बाँकी नै छ ।

    त्यसो त ओल्बाले पछिल्लो पटक गरेको कुराचाहिँ कन्टिर–बाबूलाई मन पर्‍यो । उनले भने– भावनाका कुरा छोडिदिऊँ, स्वार्थका कुरा छोडिदिऊँ, देशका कुरा गरौँ, जनताका कुरा गरौँ, समस्या समाधानका कुरा गरौँ, पार्टी एकताका कुरा गरौँ ।

    कति राम्रो ! गर्नुपर्ने नै त्यही हो । हुनुपर्ने पनि त्यही हो । कुनै बेला आफूहरूले नै लाल गद्दार भनेका पुष्पलाललाई ससम्मान सम्झिँदै ओल्बाले दिएको यही बयान अहिले ट्रेन्डिङमा छ ।

    सोही ओल्बाली बयान सुन्दै गर्दा कन्टिर–बाबूलाई लाग्यो– गर्न त बडाउले लगालग एकसाथ ६ वटा कुरा शब्द प्रयोग गरे, कुरा पनि राम्रै गरे । तर दुनियाँलाई थाहा कुराले मात्र चिउरा भिज्दैन । कुराअनुसार काम भइदिएको भए आज यो दुर्दिन देख्नु नै पर्ने थिएन ।

    कन्टिर–बाबूलाई अचम्म लागेको एउटा अर्को कुरा पनि छ । ओल्बाले बालकोटको बुइँगलमा माकुनेलाई ‘लाल गद्दार’ भनेको त सबैलाई थाहै छ । त्यसको एक सातामै उनै लाल गद्दार र लाल गद्दारका अनुयायीहरूलाई ‘एमनेस्टी इज ग्रान्टेड’ भनिदिए । जे–जे भएको होस्, सबैलाई एमनेस्टी रे !

    तपाईहरूलाई थाहै छ कन्टिर–बाबूको अङ्ग्रेजी तेस्रो भाषा हो । सुरुमा त यस्तो ‘स्टान्डर्ड’ अङ्ग्रेजीमा ओल्बाले के भनेका हुन् ? उनले राम्ररी बुझेनन् । पछि गुगल सर्च गरेर हेर्दा पो थाहा भयो असली कुरो त !

    ओल्बाले सबैलाई आममाफी दिन्छु पो भनेका रहेछन् । ज–जसले जे–जे गरे पनि उनले आममाफी दिने रे ! झट्ट सुन्दा कत्रो महान् छाती र मन ओल्बाको जस्तो लाग्छ । तर कन्टिर–बाबूले ओल्बाको यस अभिव्यक्तिमा उही दुईतिहाइवाला शासकीय दम्भ पो देखे ।

    नेपालीमा भक्कुमार गाली गरेका ओल्बाले अङ्ग्रेजीमा सजिलै माफी त दिए तर कन्टिर–बाबूलाई लागेको कुरा– उनले गद्दार भन्दैमा गद्दार भइहाल्ने र माफी भन्दैमा माफी भइहाल्ने कस्तो तर्क गरेका हुन् ओल्बाले कु थपेर ?

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन ०८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.