×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

पहिलो ‘ख’ प्राथमिकतामा परेको सुनियो, दोस्रो बाँकी छ

  •  गोरखा समाचार
  • बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अहिले नेपाली समाजमा भइरहेको व्यापक चर्चा कन्टिर–बाबूले आफ्नै चस्मा अड्याउने कानले सुनेका छन्– ओली गए देउवा आए । सामान्य जनताले के पाए ? कागलाई बेल पाक्यो हर्क न विस्मात !

    हुन पनि हो, सरकारमा जोसुकै आओस्, नेपाली जनताको जीवनमा कुनै फरक अनुभव गरिएको होइन । उही बेथिति, पछौटेपन, निराशा, सुस्त विकास आदि–इत्यादि सब यथावत् छन् । जुन जोगी आए पनि कानै चिरिएका छन् ।

    कन्टिर–बाबू भन्छन्– त्यसो त हरेक सरकारको परिवर्तनले आम जनजीवनमा तत्काल कुनै देखिने खालको सकारात्मक प्रभाव नपरे पनि आसेपासे, हरौटे–भरौटेको जीवनमा भने निकै प्रभाव पर्ने गरेको छ । कम से कम यस पटक यो प्रवृत्तिमा थोरै मात्र पनि बदलाव आएछ वा कमी भएछ भने जनसामान्यका लागि निकै राहत र सन्तोषको विषय हुने कन्टिर–बाबूको ठहर छ ।

    त्यसो त लामो समयको ल्याङल्याङपछि ओल्बाको बहिर्गमन र देउवाबाबूको सत्तारोहणले भुइँमान्छेमा एक किसिमको राहत सञ्चार त गरेकै छ । कम से कम नानाथरी उखान–टुक्का सुन्दा–सुन्दा पाकेका कानलाई केही दिन भए पनि आराम भयो भन्ने उनीहरूलाई लागेको छ ।

    तर कन्टिर–बाबू यतिबेला ठट्टा गर्ने मुडमा छैनन् । परिवर्तन क्रमलाई नजिकबाट नियालिरहेका कन्टिर–बाबू गम्भीर हुँदै भन्छन्– अरू केही नभए पनि कम्तीमा देउवाबाबू प्रतिगमन र अधिनायकवादको मतियार हुन सक्दैनन् ।

    सैद्धान्तिक रूपमा देउवाबाबू इमानदार लोकतन्त्रवादी हुन्, लोकतन्त्रको मूल्य–मान्यताविरूद्ध उनी रत्तिभर पनि सम्झौता गर्ने छैनन् भन्ने कन्टिर–बाबूको अपेक्षा छ । उनी प्रश्न गर्छन्– तर के यतिले मात्र जनताको आवश्यकता र अपेक्षाको सम्बोधन हुन्छ ?

    कोरोना कहरबाट आक्रान्त नेपाली जनताका खातिर यतिखेर महत्त्वपूर्ण दुई ‘ख’ प्रमुख आवश्यकता बनेका छन् । पहिलो खोप, दोस्रो खाना । खोपका बारेमा त देउवा सरकारले आफ्नो पहिलो निर्णयमार्फत नै सम्बोधनको प्रयत्न गरेकै देखियो । यो फस्ट इम्प्रेसन लास्टसम्मै कायम रहनसकोस्, कन्टिर–बाबूको शुभकामना छ ।

    तर बाँकी छ सवाल खानाको । खाना अर्थात् रोजगारीको । यसबारे पनि देउवाबाबूबाट छिट्टै सोचिने र ठोस जन–उत्तरदायी योजना सार्वजनिक हुने अपेक्षा गर्छन् कन्टिर–बाबू ।

    अरू त तपसिलका कुरा हुन् । यस पटक समयले देउवाबाबूलाई आफू प्रमाणित गर्न नसोचेको अवसर दिएको धरातलीय सत्यबारे स्वयम् देउवाबाबू र उनका निकटवर्तीहरू जानिफकार नै होलान् भन्नेमा कन्टिर–बाबूलाई लाग्छ ।

    कन्टिर–बाबुका अनुसार देउवाबाबूलाई ओल्बाले जस्तो गफ गरेर समय खेर फाल्ने छुट छैन । होइन, यदि परम्परागत पाराले आसेपासे पोस्ने र गफमात्रै हाँक्ने हो भने जनता रिसाउन समय लाग्दैन ।

    koshionline

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बुधबार, असार ३०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.