×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पटक–पटक विश्वास र पटक–पटक धोकाको कथा

  •  गोरखा समाचार
  • शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबूले बुझेको कुरो त के हो भने राजनीति लोककल्याणका लागि गरिनुपर्छ । जनहित र राष्ट्रहित राजनीतिको मूल ध्येय हुनुपर्छ । तर कन्टिर–बाबू सबैलाई सोध्न चाहन्छन्– के नेपालको राजनीति यस उद्देश्यपूर्तिको दिशामा अगाडि बढेको छ ? उत्तर सहज छ– शतप्रतिशत छैन ।

    अरे यार, आदर्श राजनीतिको कुरा गर्ने हो भने राजनीतिकर्मीमा इमान, सत्य, निष्ठा, समर्पण, विश्वास आदिको निकै महत्त्व हुन्छ । तर कन्टिर–बाबू क्षुब्ध छन्, नेपालका राजनीति र राजनीतिकर्मीमा अरू सबैथोक पाइएला, विधि, नैतिकता र आन्तरिक लोकतन्त्रसँग जोडिएका कुरा पाउन भने दुर्लभ छ ।

    कन्टिर–बाबूका अनुसार नेपालमा आजको दिनमा झुठ, फरेब, बेइमानी, फट्याइँ, धुत्र्याइँ, ठगी आदि सत्ता राजनीतिको पर्याय बनेको छ । यस्तो अपेक्षाविपरीतको अवस्था देख्दा कन्टिर–बाबूलाई बहुत दुःख लाग्छ । तर राजनीतिकर्मीको चाला भने सधैँ उही ‘हम नही सुधरेंगे’ पाराको भएपछि कन्टिर–बाबूलाई दुःख लागेर के गर्नु ?

    कहाँसम्म भने राजनीतिमा बाबुले छोरालाई र छोराले बाबुलाई समेत सही कुरा भन्दैन । यस्तो बेलामा कन्टिर–बाबू प्रायः एउटा कथा सम्झिन्छन् । याद रहोस्, कथा भनेको कथै हो । कथामा पात्रले गरेअनुसार प्रयोग नगर्नुहोला । चुपेचाप कुरा बुझे पुग्छ ।

    कथाको पात्र बाबुले छोरालाई भनेछ– तँ घरको छतबाट हामफाल्, म तँलाई समाउँछु । छोराले बाबुको कुरा पत्याएछ । बाबुको आड–भरोसा पाएर छोरो सरासर छतमा गएछ । र भनेछ– ल अब म हामफाल्दै छु, तपाई समाउनु है ।

    बाबुले पनि ‘हुन्छ ठिकै छ’ भन्दै छोरो समाउन हात ठिक्क पारेछ । त्यो देखेर छोरो आँखा चिम्लेर हाम्फालेछ । तर बाबुले समातेनछ । बाबुले नसमातेपछि छोरो भुइँमा डङ्ग्रङ्ङ बजारिएछ र खुट्टामा चोट लागेछ ।

    अनि चोट लागेको खुट्टा सुम्सुम्याउँदै, बाबुसँग हल्का रिसाउँदै छोराले भनेछ– सुरुमा तपाईले समाउँछु किन भन्नुभयो र किन समाउनु भएन ? बाबु–छोरामा पनि यस्तो धोका दिन मिल्छ ?

    रिसाएको छोरालाई सम्झाउँदै बाबुले भनेछ– तँ नरिसा छोरा । मैले तँलाई राजनीतिको व्यावहारिक ज्ञान दिएको । राजनीतिको पहिलो शिक्षा यही हो कि बाबुको कुरामा पनि आँखा चिम्लेर विश्वास नगर्नू ।

    बाबुको कुरा सुनेर छोरो ट्वाँ परेछ । छोरो ट्वाँ परेको देखेर बाबु मुसुक्क हाँसेछ । कथा सक्कियो । सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला ।

    कस्तो लाग्यो तपाईलाई यो कथा ? अलिअलि हँस्यौली तर निकै मात्रामा सत्यता भएको यो कथा तपाईलाई पक्कै पनि मन पर्‍यो र भन्न खोजेको कुरा बुझ्नुभयो होला भन्ने कन्टिर–बाबूको विश्वास छ ।

    कन्टिर–बाबू चश्माको डाँडीमा बेरिएको डोरी मिलाउँदै सन्दर्भको बिट मार्छन्– नेपालको वर्तमान राजनीतिक अवस्था यही बाबुछोराको कथाको सेरोफेरोमा घुमिरहेको छ । मानौँ बाबु नेता र छोरो जनताको भूमिकामा छन् । तर नेताले पटक–पटक बाबुको अभिनय गरेर धोका दिइरहने र छोरोको भूमिकामा रहेका जनताले धोकेबाज नेताको विश्वास गरिहने हो भने देश कसरी उँभो लाग्छ ?

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असार २५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.