×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

बिपीको आदर्शविपरीत नेतृत्वमा कुर्सी मोह

  •  गोरखा समाचार
  • मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ‘म देवताकहाँ प्रार्थना कहिले पनि गर्दिनँ । किनभने मैले देखेको छु, मेरोभन्दा बढी आवश्यकता परेका मानिसहरूको प्रार्थना देवताले सुन्न सकेका छैनन् ।’

    तपाईहरूलाई थाहा छ कन्टिर–बाबू जननायक बिपी कोइरालाका कति ठुला फ्यान हुन् । कारण बिपीबाबूले भने जस्तो जब–जब देशका बारेमा मनमा कुनै द्विविधा हुन्छ, कन्टिर–बाबू दायाँ–बायाँ केही नहेरी देशको माटो सम्झिन्छन् र निर्णय गर्छन् ।

    उनै बिपीबाबूले देवतालाई प्रतीक बनाएर व्यक्त गरेको उल्लिखित विचारको सन्दर्भ कन्टिर–बाबू अहिले चर्चाको शिखरमा रहेको नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनको सेरोफेरोमा जोड्छन् ।

    कन्टिर–बाबूका अनुसार बिपीबाबूले सङ्केत गरे जस्तै जसरी आवश्यकता परेका मानिसहरूको प्रार्थना देवताले सुन्न सकेका छैनन्, उसैगरी आम कार्यकर्ता पङ्क्तिबाट उठिरहेको आवाज वर्तमान काङ्ग्रेसको पहिलो पङ्क्तिका नेताहरूले सुन्नसकेका छैनन् ।

    किनकि समय र आम कार्यकर्ताको माग छ– अब पहिलो पुस्ताले विश्राम लिनुपर्छ । तर लो कर लो बात नेताहरू त बूढो साँढेले जस्तो बाँचुञ्जेल आफैँ ठाउँ ओगटिरहने पो गर्छन् ।

    त्यसो त नेतृत्व कसैले किस्तिमा राखेर दिने कुरा होइन, आफ्नै बलबुताले हत्याउने कुरा हो भन्नेमा कन्टिर–बाबू विश्वस्त छन् । तर पनि नेतृत्वको अखडामा खाइ, खेली, डकारी गरिसकेका भेट्रानहरू नै उत्रिएको देखेर कन्टिर–बाबू चकित परेका छन् । यसपटक नेतृत्व परिवर्तनको चाहना राख्ने कन्टिर–बाबूलगायत शुभेच्छुकहरूलाई यो कुरा एक सुता मन परेको छैन ।

    कन्टिर–बाबूको प्रश्न छ– के त्यसो भए कन्टिर–बाबूले आफ्नो जीवनकालमा काङ्ग्रेसको नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण भएको देख्न पाउँदैनन् त ?

    कुरै–कुरामा कन्टिर–बाबू एक पटक सप्तरीका एक जना स्वतन्त्रताका सेनानी केदारप्रसाद सिंहबाट काङ्ग्रेस नेतृत्व र बिपीबाबूको व्यवहारकाबारे केही कुरा सुन्न पाएको सम्झिन्छन् ।

    सिंहका अनुसार २०१७ सालको राजनीतिक काण्डपछि बिपीबाबू जेलमा र सुवर्णशमशेर राणा कार्यबाहक सभापति हुनुहुन्थ्यो । पछि जब बिपीबाबू जेलबाट छुटेर पार्टी कार्यालय आउनुभयो, त्यो दिन सुवर्णबाबू, द्वारिकादेवी ठकुरानी, बखानसिंह गुरुङ, केदारप्रसाद सिंहलगायत १०–१२ जना नेता–कार्यकर्ता पार्टी कार्यालयमा हुनुहुन्थ्यो । बिपीबाबू आएको देख्नेबित्तिकै सुवर्णबाबू पार्टी सभापतिको हैसियतले बसिरहेको सोफाबाट उठेर तल अरूहरू बसेको ठाउँमा आएर बस्नुभयो ।

    तर बिपीबाबूले यो कुरालाई मान्नुभएन । उहाँले सुवर्णबाबूलाई भुइँमा बसेको ठाउँबाट उठाएर पुनः पहिलेकै सोफामा लगेर बसाउनुभयो । र भन्नुभयो– तपाई हो अहिले काङ्ग्रेसको सभापति । मैले विधानतः कार्यबाहक दिएको हो । जबसम्म अर्को नेतृत्व आउँदैन, तबसम्म त्यो पदमा तपाईको हक छ ।

    इतिहासमा कुर्सीको सवालमा यति उच्च आदर्श र सम्माजनक व्यवहार दर्शाउनसक्ने नेताहरूको पार्टीमा काङ्ग्रेसमा अहिले बिपीका सच्चा अनुयायी भनिनेहरूबाट पदका लागि जुन र्‍याल कढाइ भइरहेको छ, कन्टिर–बाबू छक्कमात्र होइन तीनछक्क परिरहेका छन् ।

    koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.