×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भनाइमा लोकतन्त्र, व्यवहारमा कन्जुस्याइँ

"मिति सकिएको अस्त्र लिएर महायुद्धमा काङ्ग्रेस "
  •  गोरखा समाचार
  • सोमबार, असार २१, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    यी काङ्ग्रेसीजनका कुरा पनि बडा गजबका छन् । कन्टिर–बाबूलाई यिनका कुरा कहिलेकाहीँ उदेकलाग्दासमेत लाग्छन् ।

    प्रायः सबै काङ्ग्रेसीहरू आफूलाई बिपीका सच्चा अनुयायी र लोकतन्त्रका पहरेदार ठान्छन् । पार्टीको नेतृत्व पङ्क्तिमा रहेकाहरू आफू ‘लोकतन्त्रको च्याम्पियन’ खेलाडी भएको दाबी गर्छन् । तर पार्टीको आन्तरिक जीवन र स्वयम् आफैँभित्र लोकतन्त्रको व्यावहारिक अभ्यास गराइमा भने कन्जुस्याइँ देखाउँछन् । अब यति भन्दा कोही काङ्ग्रेसजनलाई नराम्रो लाग्छ भने कन्टिर–बाबू केही गर्न सक्दैनन् ।

    कन्टिर–बाबूले थाहा पाए अनुसार विधानतः नेपाली काङ्ग्रेसको कार्यसमितिको पदावधि चार वर्षको हो । काबुबाहिरको समस्या भए वा कोरोनाजस्तै केही भैपरी आए एक वर्ष म्याद थप्न सकिने प्रावधान छ । तर जेसुकै गरे पनि पाँच वर्षभित्र सबै तहको अधिवेशन, महाधिवेशन सम्पन्न र नयाँ नेतृत्व चयन गरिसक्नुपर्छ ।

    तर ले घाँस, नेपाली काङ्ग्रेसको महाधिवेशनको म्याद गुज्रिसकेको कति भयो ? धेरै जनालाई थाहै छैन । अरे यार, राजनीतिक पार्टी होस् वा जुनसुकै सङ्घ–संस्था, आफ्नो म्याद कहिलेसम्म छ भन्ने चियोचर्चो समय–समयमा गरिरहनुपर्छ । अन्यथा पार्टी म्याद गुज्रिएको (डेट एक्सपायर) औषधिजस्तो काम नलाग्ने हुन बेर लाग्दैन ।

    तर डुब्न लागेकोलाई त्यान्द्रो भर भने जस्तो धन्न संविधानले पार्टीको डेट एक्सपायर जीवनमा अक्सिजनको काम गरिरहेको छ । कसो–कसो बुद्धि पुरयाएर वा यस्तै हुन्छ भन्ने जानेर २०७२ सालको संविधानमा ‘बाधा–अड्काउ फुकाउन’ ६ महिना थप्न सकिने प्रावधान राखेका रहेछन् । र अहिले त्यही अन्तिम अस्त्र हातमा लिएर महाधिवेशनको महायुद्धमा उत्रेको छ काङ्ग्रेस ।

    तर थपिएको ६ त्यही महिनामध्ये पनि चार महिनाको म्याद त गुज्रिसकेको छ, क्रियाशील सदस्यताको रस्साकस्सीमै । कन्टिर–बाबूका अनुसार समय छँदा नेताहरू पद छोड्न तयार नभएकाले नै अहिले यो अप्ठेरो परिस्थिति बनेको हो । समयमा अधिवेशन र महाधिवेशन गराएनन् । अहिले एकैचोटी बाक्लो ताप्के तताउन खोजेका छन् । यदि भदौ १६ गतेसम्म ताप्के तातेन भने के हुन्छ ? कन्टिर–बाबू चस्माको डाँडीमा दाहिने हात राखेर सोचिरहेका छन् ।

    काङ्ग्रेसका एक ठूलै नेताले भनेको कन्टिर–बाबूले सुनेका छन्– ताप्के तात्न सजिलो छैन । लक्षण त देखिइसकिएको छ । क्रियाशील सदस्यता टुङ्गो लगाउने विषय नै महाभारत भइसक्यो । कन्टिर–बाबू पनि भन्छन्– असार सकिन लाग्यो, क्रियाशील सदस्यता नै नटुङ्ग्याइकन भदौ १६ सम्म सात चरणको अधिवेशन र निर्वाचन कसरी गर्न सकिन्छ ? काङ्ग्रेस त्यस्तो फास्ट–फरवार्ड पार्टी हो र ? बडा माथापच्ची छ यार !

    त्यसो त यो कन्टिर–बाबूको समस्या होइन । जान्नेले जानुन् । जेजे गर्नु छ, गर्नेले गरून् । कन्टिर–बाबूको चासो कतिमात्र हो भने दिन तन्किँदै जाँदा समस्या पनि खप्टिँदै जाला । हुँदा–हुँदा लोकतन्त्रवादीको लोकतान्त्रिक अभ्यासमै प्रश्न उठ्ला !

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, असार २१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.