×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सूर्योदयमा विद्यापति, उज्यालो छरियोस् देशैभरी

  •  गोरखा समाचार
  • बुधबार, असार १६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    देश र समाजलाई जोड्ने र तोड्ने सम्बन्धमा शास्त्रीय रूपमा संयोजक (कनेक्टर) र विभाजक (डिभाइडर)को भूमिका निकै महत्त्वपूर्ण हुने कुरा कन्टिर–बाबूले बडो राम्ररी बुझेका छन् । तर कुनबेला कुन कुराले संयोजक र कुन कुराले विभाजकको भूमिका निर्वाह गर्छ भन्ने कुराचाहिँ अवस्था र परिवेशमा भर पर्ने कन्टिर–बाबूको ठहर छ ।

    जगजाहेर छ, समग्र नेपाली समाज बहुलवादी समाज हो । नेपालमा कुनै पनि जात र भाषाभाषी पूर्ण बहुमतमा छैनन् । यस अर्थमा यो देश अल्पसङ्ख्यकहरूको देश हो । यस आधारमा यहाँ सबैथरि संस्कृति सबैका लागि स्वीकार्य हुनु आवश्यक छ । यस्तो स्वीकार्यता ग्रहणका सन्दर्भमा कुनै प्रतीक, चिन्ह, भाषा, पहिरन आदिले बडो सशक्त भूमिका निर्वाह गर्न सक्छ ।

    यसै क्रममा मैथिलीका महाकवि विद्यापति पहाड उक्लिएर पूर्वी पहाडी जिल्ला इलाममा ठडिने अवस्थाको सिर्जना भएकोमा कन्टिर–बाबू दङ्ग छन् । समाजशास्त्रीय दृष्टिकोणले यो सन्दर्भ निश्चय पनि संयोजनकारी हुनेमा विमति हुन सक्दैन ।

    पत्रकार, कवि, भाषासेवी केदार शर्माले इलामको सूर्योदय नगरपालिले विभिन्न जातीय कवि तथा भाषासेवीहरूको प्रतिमा स्थापना गर्ने कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनका अनुसार यस क्रमको थालनी महाकवि विद्यापतिको प्रतिमाबाट हुँदै छ ।

    कन्टिर–बाबू भन्छन्– क्या बात ! सबैलाई समेट्ने दृष्टिकोणले सूर्योदय नगरपालिकाको यो प्रयास स्तुत्य त छँदै छ, सामाजिक सद्भावमा अभिवृद्धिमा कोसेढुङ्गा हुने निश्चित छ । यस सत्प्रयासका लागि नगरपालिकाका सल्लाहकार, पदाधिकारी, कर्मचारीलगायत जो–जो यस कार्यमा संलग्न छन् सबै नै विशेष धन्यवादका पात्र छन् ।

    कन्टिर–बाबूको अभिमत छ– वास्तवमा यस्तो अनुकरणीय कार्यको नेतृत्व केन्द्रीय सरकारले गरेर उदाहरण स्थापित गर्नुपर्ने हो । तर यहाँको केन्द्रीय सरकार त हरबखत सत्ताकै लुछाचुँडीमा व्यस्त रहन्छ, कला, साहित्य, संस्कृति संरक्षणका यस्ता विशिष्ट कार्यप्रति विचराको कुन बेला ध्यान पुगोस् ?

    कन्टिर–बाबू भन्छन्– कुरो विद्यापतिको मात्र होइन । कुरो देश जोडने ‘संयोजन’को हो । यस्ता सत्कार्यलाई यतिमा मात्र सीमित गरिनु हुँदैन । सूर्योदयले स्थापित गरेको यो उदाहरणको अन्य स्थानीय तहका लागि नजिर बनोस् ।

    कन्टिर–बाबूको आग्रह छ– जसरी विद्यापति माथि उक्लिने अवस्था निर्माण भएको छ, उसैगरी नै फाल्गुनन्द, चित्तधर हृदय, भानुभक्त, लक्ष्मीप्रसाद, लेखनाथ, बालकृष्ण समजस्ता स्रस्टा पनि तल झर्ने वातावरण बन्नुपर्छ ।

    koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, असार १६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.