×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कांग्रेसमा ‘मधेस फ्याक्टर’

  •  गोरखा समाचार
  • शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    धरमेन्द्र झा

    विगतमा झैँ कांग्रेसको आगामी महाधिवेशनमा पनि ‘मधेस फ्याक्टर’ले महत्वपूर्ण भूमिका खेल्न सक्छ

    आगामी भदौमा सम्पन्न हुने कांग्रेसको चौधौँ महाधिवेशनको सन्दर्भले यतिखेर सम्बद्ध सबैको ध्यानाकृष्ट गरेको छ । महाधिवेशनको बढ्दो रापसँगै सभापतिको उम्मेदवारीको सन्दर्भले पनि पार्टीभित्र र बाहिर ताप बढाएको अनुभव गरिएको छ । जानकारहरूका अनुसार यस तापको उपस्थितिमा पार्टीको विद्यमान समीकरणमा उलटफेर हुन सक्छ र यसो भयो भने पृथक् परिणामको सम्भावनालाई इन्कार गर्न सकिँदैन । यस्तो समीकरण उलटफेरमा ‘मधेस फ्याक्टर’को भूमिका महत्वपूर्ण हुन सक्छ ।

    कांग्रेस अहिले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह, पुरानो संस्थापन समूह, ९जो हाल पौडेल समूहका नामले चर्चित छ० र पूर्वमहामन्त्री कृष्ण सिटौलाको समूह गरी तीन समूहमा विभक्त छ । विगतको तेह्रौँ महाधिवेशनकै समयमा स्थापित यी तीन समूह हालसम्म पनि कांग्रेसमा क्रियाशील छन् । चौधौँ महाधिवेशनको समय नजिकिँदै जाँदा माथि उल्लेख गरिएका समूहबाहेक अन्य समूहको पनि उदय हुन सक्ने वा हालका समूहको पुनर्संरचना हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । हाल सभापतिको उम्मेदवारका रूपमा चर्चामा रहेकाहरूका कारण पनि कांगे्रसभित्रको गुटगत संरचनामा परिवर्तन आउन सक्ने सम्भावना बढेको छ भन्दा अस्वाभाविक हुँदैन ।

    विगतमा मधेस कांग्रेसको आधार क्षेत्र रहिआएको विदितै छ । आगामी महाधिवेशनका सन्दर्भमा पनि ‘मधेस फ्याक्टर’ले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अनुमान गरिएको छ । कांग्रेसको सात दशकभन्दा लामो इतिहासमा कांग्रेसको मूल जनाधार क्षेत्र मधेसका कोही पनि यस पार्टीको शीर्ष नेतृत्वमा पुग्न सकेका छैनन्, अर्थात् सभापति बन्न सकेका छैनन् । स्वाभाविक रूपले प्रश्न उठ्छ, किन रु यस प्रश्नको उत्तर कांगे्रस नेतृत्व चयनका लागि सहभागी हुने मतदाताले नै खोज्नु जरुरी छ । मूलतः बुझ्नु के जरुरी छ भने मधेस पनि नेपाल हो र त्यहाँका बासिन्दाले विभेदमुक्त समतामूलक समाजको प्रत्याभूति चाहेका छन् ।

    समतामूलक समाज र सम–अधिकारको कुरा गर्दा धेरैले भन्लान्, देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिमा मधेसले हैसियत कायम गरिसकेपछि केको किचकिच रु तर, तिनैले अर्को प्रश्नको उत्तर पनि खोज्नु अपेक्षित छ, नेपालको इतिहासमा आजसम्म किन कुनै मधेसवासी देशको कार्यकारी प्रमुखको पदमा र मूल लोकतन्त्रवादी तथा मूल वामपन्थी पार्टीको प्रमुख पदमा पुग्न सकेनन् रु योग्यता र क्षमता नै नभएर हो त रु विद्यमान समस्याको समाधान यसै आलोकमा खोज्नु जरुरी छ । हो, खास मधेसवासी पनि राज्य र पार्टीको सर्वोच्च र सम्प्रभुता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण पदमा अंगीकृतको रजगज चाहँदैनन् । तर, आफूहरूबारे सधैँ सबैले प्रश्न उठाइरहून् भन्ने पनि चाहँदैनन् । उनीहरू चाहन्छन्– मधेसलाई न्यायोचित ढंगले सम्बोधन गरियोस् । कांग्रेसको भावी सभापति पद पनि यसै सन्दर्भसँग जोडिएको छ भन्दा अनुचित हुँदैन । कांग्रेसको भावी सभापतिको सम्बन्ध देशको भावी कार्यकारी प्रमुखसँग छ भनेर भनियो भने त्यो अनुचित हुनेछैन र यही कारण हो, कांगे्रस सभापति पदमा मधेसको दृष्टि छ ।

    कांग्रेसको आगामी महाधिवेशनका सन्दर्भमा अनेक नेताको नाम चर्चामा आएसँगै एक नाम विशेष रूपले चर्चामा छ, उपसभापति विमलेन्द्र निधि । निधिको नाम चर्चामा आएसँगै मधेसका पार्टी कार्यकर्ताको पंक्तिमा एक किसिमले उत्साह थपिएको छ । पछिल्ला दिनमा भौतिक वा भर्चुअल बैठकमार्फत निधि स्वयंले आफ्नो उम्मेदवारीबारे प्रस्ट्याउँदै आएका छन् । यति मात्र होइन, उनले पछिल्लोपटक शनिबार पार्टी सभापति देउवा, जो विगत लामो समयदेखि उनका गुटीय नेता पनि हुन्,लाई प्रधानमन्त्री हुन आग्रह गर्दै आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् । तर, निधिले देउवाबाट ‘ग्रिन सिग्नल’ पाएनन्, बरु देउवाले स्पष्ट रूपमा आफू पुनः सभापतिको उमेदवार हुने जनाउ दिए । देउवाको यो जनाउसँगै आगामी महाधिवेशनका सन्दर्भमा पार्टीमा नयाँ ढंगले जोड–घटाउ‘को प्रक्रियाले तीव्रता पाउने सम्भावनाको विकास भएको छ । यसको प्रमाणका रूपमा सोमबार महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्रको निवासमा बिपीपुत्र शशांक र गणेशमानपुत्र प्रकाशमानबीच सम्पन्न ‘लन्च’ बैठकलाई लिन सकिन्छ । निधिको वैवाहिक वार्षिकोत्सवका सन्दर्भमा भएको भनिएको बैठकमा पुराना नेतात्रयका पुत्रत्रयबीच के कुरा भयो, त्यसबारे यकिनसाथ त केही भन्न सकिँदैन । तर, शनिबार बुढानीलकण्ठमा व्यक्त देउवा प्रतिक्रियालगत्तै सम्पन्न नेतात्रयको यो बैठकमा आगामी महाधिवेशन र सभापतिको उमेदवारीका विषयमा पक्कै पनि कुरा भयो होला भन्ने अनुमान गर्न कठिन छैन ।

    सम्भवतः पछिल्लो दशकमा आमजनताले थाहा पाउने गरी विमलेन्द्र, शशांक र प्रकाशमानबीच सम्पन्न भएको यो पहिलो बैठक स्वयंमा निकै महत्वपूर्ण छ र यस बैठकको सन्दर्भले कांगे्रसमा नयाँ समीकरण र ध्रुवीकरणतर्फ संकेत गरेको छ भन्दा अस्वाभाविक ठानिनु हुँदैन । कांग्रेसका आमकार्यकर्ताको मनोदशाको विश्लेषणको प्रयत्न गर्ने हो भने माथि उल्लेख गरिएका पार्टीका तीनैजना पुराना नेताप्रति कार्यकर्ता पंक्तिको अगाध आस्था र समर्पणभाव छ । यस अवस्थामा तीनैजना नेतापुत्र एक ठाउँमा गोलबद्ध हुने स्थिति सिर्जना हुन्छ भने आमकार्यकर्ताको सहानुभूति यिनीहरूलाई प्राप्त हुने सम्भावनालाई नकार्न सकिँदैन । यी तीनैजनाले आपसी सहमतिका आधारमा पद निर्धारण गरी सोहीअनुकूल महाधिवेशनमा आफूहरूलाई प्रस्तुत गरेको अवस्थामा मतदाताले तिनलाई सहज रूपमा स्वीकार गर्न सक्छन् ।

    जहाँसम्म सभापतिमा निधिको उमेदवारीको सन्दर्भ छ, निधिको दाबीलाई प्रायः कसैले पनि अनुचित ठहर्‍याउन सकेका छैनन् । निकै लामो समयदेखि पार्टीको केन्द्रीय समितिको हिस्सा रहेका निधिले पार्टीको महामन्त्री र उपसभापतिको अनुभव सँगालिसकेका छन् । स्वयं निधिका अनुसार फेरि पुरानै पदमा दोहोर्‍याउनु उचित हुँदैन । यसैले राजनीतिलाई निरन्तरता दिने हो भने सभापतिमा उमेदवारी दिनुको विकल्प छैन । निधि थप्छन्, सभापतिमा उमेदवारी दिने नाममा अबको एक कार्यकाल कुर्न सकिने अवस्था पनि छैन ।

    वास्तवमा पार्टीको सभापति बन्ने कुरा निधिको व्यक्तिगत स्वार्थसँग जति जोडिएको छ, त्यतिकै समग्र मधेसको प्रतिष्ठासँग पनि जोडिएको कुरा सम्बद्ध सरोकारवालाहरू बताउँछन् । खासमा निधिको पार्टी सभापति बन्ने आकांक्षा र रणनीति नयाँ होइन । पुरानो संस्थापन समूहमा आबद्ध हुँदा आफू सभापति बन्ने अनिश्चित रहेको अवस्थामा उनी देउवा समूहमा निरन्तर आबद्ध भइरहेकै भविष्यमा सभापति बन्नका लागि हो । देउवा समूहमा उनी सार्वकालिक दोस्रो नेताका रूपमा स्थापित भइरहे । देउवापछि आफूू नै उक्त गुटको नेता हुने र यो अवस्था आफू सभापति बन्न सहयोगी हुने विश्वास निधिको हो । निधिले तेह्रौँ महाधिवेशनमा देउवालाई निःसर्त सभापतिमा स्वीकार गरी सहयोग मात्र गरेनन्, बरु देउवालाई जिताउन निर्णायक भूमिका पनि निर्वाह गरे । यस अवस्थामा निधिले १४औँ महाधिवेशनमा देउवा उम्मेदवार नहुने र गुटको उमेदवारका रूपमा देउवाले आफूलाई समर्थन र सहयोग गर्ने विश्वास गर्नु अनपेक्षित होइन ।

    अहिले आएर देउवा स्वयं सभापतिका लागि पुनः इच्छुुक देखिएपछि निधि रनभुल्लमा पर्नु स्वाभाविक हो । जानकारहरूका अनुसार निधि अझै पनि देउवालाई आफ्नो पक्षमा ‘कन्भिन्स’ गर्न खोजिरहेका छन् । तर, देउवा कन्भिन्स भएनन् भने के हुन्छ रु भन्ने यक्ष प्रश्न यतिखेर निधिसामु उपस्थित छ । यस्तोमा उनीसँग चारवटा विकल्प बाँकी रहनेछ । पहिलो, जसरी पनि देउवाको समर्थन प्राप्त गर्ने । दोस्रो, आफू र देउवा दुवैजना उमेदवार भएको अवस्थामा दुवैजना पराजित हुन सक्ने सम्भावनालाई स्वीकार गरी गुटको अस्तित्व रक्षाका लागि आफूले उमेदवारी नदिएर देउवालाई नै एकपटक पुनः सहयोग गर्ने । तेस्रो, नयाँ समीकरण बनाएर नयाँ गुटको समर्थनमा उमेदवार बन्ने र चौथो कुनै पनि गुट र समीकरणमा नलागी स्वतन्त्र उमेदवारका रूपमा प्रस्तुत हुने । यी चारमध्ये कुन विकल्प रोज्ने हो, निश्चय पनि निधि स्वयंले निर्णय गर्ने कुरा हो । एउटा कुरा निश्चित छ, पछिल्ला दुईमध्ये कुनै विकल्प रोज्ने निर्णयमा निधि पुग्छन् भने नयाँ समीकरण निर्माण भई कांग्रेस नयाँ ढंगले पुनर्संरचित हुने र नेपाली राजनीतिमा ‘मधेस फ्याक्टर’ नयाँ ढंगले परिभाषित हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, असार ११, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.