×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ओल्बाली हर्कत संवैधानिक व्याख्याको अवसर

  •  गोरखा समाचार
  • बिहिबार, असार १०, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गेल भैँस पाइनमे पडरुसहित । मैथिली भाषामा यो भनाइ बडा चर्चित छ । नेपालीमा यसको सामान्य अनुवाद हुन्छ– भैँसी आफू त पानीमा डुब्यो नै पाडो पनि लिएर डुब्यो ।

    कन्टिर–बाबू यस भनाइको तुलना नेपालको पछिल्लो राजनीतिक घटनासँग गर्छन् । अदालतले एकै झट्कामा ओल्बा सरकारका २० जना मन्त्रीको जागीर चैट् गरिदियो । सरकारको नवौँ असंवैधानिक कामलाई गजबको झट्का लगाइदियो ।

    कन्टिर–बाबू सोध्छन्– कामचलाउ सरकारको मन्त्रिपरिषद् विस्तारको कुरो गलत हुन्छ भन्ने कुरा के ओल्बालाई थाहा थिएन ? जबकि निर्वाचन मिति घोषणा गरिसकेपछि एउटा कर्मचारीसमेत सरुवा, बढुवा, नियुक्ति गर्न पाइँदैन भन्ने लोकसेवाका सामान्य विद्यार्थीलाई पनि थाहा छ ।

    कन्टिर–बाबूका अनुसार निश्चय पनि ओल्बालाई यो कुरा थाहा थियो । तर उनले ‘राम’बाबूहरूलाई आफूतिर घिसारेर मधेसमा आफ्नो भावी राजनीति सुधार्ने प्रयास गरे । रामबाबू पक्षका ११ जनालाई मन्त्री बनाइदिए । अदालतले भने १९ दिने र १३ दिने सबको जागीरे खाइदियो । अब भन्नुस्, उल्लिखित मैथिली भनाइ चरितार्थ भयो कि भएन ?

    यस्ता जगजाहेर अनेक उदाहरण छन्, ओल्बाको भैँसीलाई अदालतले पानीमा डुबाउने काम गरेको । र पनि ओल्बा यसको नैतिक जिम्मेबारी लिँदै ‘विश्राम’ मुडमा देखिएका छैनन् ।

    त्यसो त ओलीटिक्सका नाममा भइरहेका उट्पट्याङ हर्कतबाट आजित भएकाहरू ओल्बाले सङ्घीयता, लोकतन्त्र र संविधान सिध्याउन खोजे भन्ने आरोप लगाउलान् । तर कन्टिर–बाबु यो स्वीकार्ने पक्षमा छैनन् ।

    अरूले जेसुकै सोचुन्, पानीमा भैँसी र पाडो डुबोस् कि नाच्न नजान्दा जान्दा आँगन टेढो भनियोस् कन्टिर–बाबू सहमत छैनन् र सबैलाई सकारात्मक तरिकाले सोच्न प्रेरित गर्छन् ।

    ओल्बाले आफू ‘शक्तिमान’ बन्ने नियतले नै संविधानका धाराहरूको परीक्षण गरेका होउन्, कन्टिर–बाबूको नजरमा त्यसका लागि उनी धन्यवादका पात्र छन् ।

    कन्टिर–बाबूको ठम्याइ छ– ओल्बाको अहिलेसम्मको कार्यकालमा अदालतबाट संविधानको व्याख्या हुने कम्तीमा एक दर्जन अवसर मिलेको छ । सायद ओल्बाको बाँकी कार्यकालमा संविधानको कुनै धारा व्याख्या बाँकी रहने छैन ।

    यसबाट भविष्यका लागि संविधानका अनेकन अनिश्चितताहरू निश्चित हुनेछन् । यतिमात्र होइन, भविष्यमा शासकको मनपरी रोकिनेछ । संविधान सुदृढ हुनेछ । लोकतन्त्र संस्थागत हुनेछ ।

    कन्टिर–बाबू सबैलाई आग्रह गर्छन्– कसैले अन्यथा मान्नुपर्दैन । हरेक कालो बादलमा कतै न कतै चाँदीको घेरा हुन्छ भनिन्छ । देख्न सक्नुपर्छ । यो अलग कुरा हो कि जनतामा निहित सार्वभौमसत्ता यति कमजोर भएको यसअघि कहिले अनुभूत भएको थिएन ।

    koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, असार १०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.