×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

डढेलो लगाउने प्रवृत्तिलाई कारबाही हुने अपेक्षा

  •  गोरखा समाचार
  • बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू कहिलेकाहीँ सोच्छन्– आखिर यो देश चलाउँछ कसले ? सायद यहाँ सत्ताभित्रका हरूको भन्दा बाहिरका हरूको हालीमुहाली बढी छ ।

    कहिले जातका नाममा, कहिले सम्प्रदाय र समुदायका नाममा, कहिले आस्था र विचारका आधारमा, कहिले चाचुचा (चाकडी, चुग्ली, चाप्लुसी)का आधारमा सत्ता प्रभावित गर्न खोज्नेहरूको दबदबा बढेकोमा कन्टिर–बाबू चिन्तित छन् । तर विडम्बना राज्य यस्ता व्यवहारहरूप्रति मौन बस्छ । यस्तोमा स्वाभाविक रूपमा प्रश्न उठ्छ– यो राज्य र सरकार कसको हो ?

    कन्टिर–बाबू केही दिनअघि सार्वजनिक भएको एक भिडियो प्रकरण फेरि रिबाइन्ड गरेर हेर्छन् । भिडियोमा एक जना ‘ज्वाला’ले महाराजगन्ज प्रहरी चौकीमा ताऊ देखाउँदै मणिकान्त झा नामक प्रहरी सहायक निरीक्षकलाई ‘एनि-हाऊ सरूवा गराउँछुु,’ भनेको सुनिन्छ । उनीसँगै रहेका अर्का एक ‘धुवाँ’ले झालाई ‘ल मधेसको हो, मधेसमा गएर खेतीपाती गर्नू’ भनेर सुझाएका छन् ।

    यसैबीच, संयोग हो कि ती ज्वाला र धुवाँहरूले भनेको जस्तो दुस्प्रभाव साँच्चै परेको हो ? भिडियो सार्वजनिक भएलगत्तै असई झाको सरूवा भएको समाचार पनि सार्वजनिक भयो ।

    झाजीको सरुवा भएको समाचार सार्वजनिक भएको दिन कन्टिर–बाबू सुरुमा भिडियो सार्वजनिक भएको दिनमा भन्दा बढी छक्क परे । यो कस्तो अमिल्दो व्यवहार हो ? साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने, त्यस्तो सोच्नेलाई नै पुरस्कार ? अरे वाह सरकार ! ज्वालाको मनमा रहेको नचाहिँदो साम्प्रदायिक तापमा पानी खन्याउनु त कहाँ हो कहाँ, उल्टै हावा हम्केर दनदनी सल्काउने ?

    त्यसो त प्रहरी सङ्गठन र सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थालेपछि झाजीको सरूवा बदर भएको सूचना पाएका छन्, कन्टिर–बाबूले । तर कन्टिर–बाबूको प्रश्न छ– के यो प्रकरणमा सरुवा बदर हुनुमात्र पर्याप्त हो ? दोषीलाई कारबाही गरिनु पर्दैन ? कथित जातीय र नश्लीय ‘गर्व’को उन्मादमा जे पायो त्यही भन्ने ? जेपिटी गर्ने ?

    कन्टिर–बाबूको स्पष्ट मत छ– यस घटनाबारे थप सार्वजनिक बहस र स्वतन्त्र अनुसन्धान हुनुपर्छ । झाजीकै गल्ती हो भने त्यो पनि बाहिर आउनुपर्छ, होइन भने उनले न्याय पाउनुपर्छ । दोषीलाई कारबाही हुनैपर्छ ।

    कन्टिर–बाबू भन्छन्– कुनै पनि नाममा सामाजिक सद्भाव बिथोल्ने प्रयास गर्नेहरूको ‘डढेलो लगाउने’ नियत र वृत्तिलाई उचित ठहर्‍याउन सकिन्न । त्यसमा पानी छम्किनै पर्छ । यो राज्य, देश सबै जातजाति, भाषाभाषीको साझा भूमि हो भन्ने सार्वजनिक सन्देश र प्रत्याभूति प्रवाहित गर्नैपर्छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, असार ०३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.