×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

तीन सत्ते शैलीको विजयपछि बकलोल निर्णय !

  •  गोरखा समाचार
  • सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबूलाई अहिले गण्डकी प्रदेशको ताजा सरकारी निर्णयले केही सोच्न बाध्य बनाएको छ ।

    चर्चित हिन्दी सिनेमा नायकमा मुख्यमन्त्री बनेका अमरिश पुरीजस्तै अनुहार भएका नेपाली काङ्ग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलसँग कन्टिर–बाबूको राम्रै सङ्गत छ । यिनको सादगी र सीधासाधा व्यवहारको कन्टिर–बाबू फ्यान नै हुन् ।

    तीन पटकको प्रयासपछि यिनी तीन सत्ते शैलीमा गण्डकीमा मुख्यमन्त्री भए । मधेसतिर तीन पटकमा कुनै काममा पक्का सफलता पाइन्छ भन्ने लोकोक्ति छ– तीन सत्ते सत (सत्य–सत्य–सत्य १) । राम्रै भयो । नेपालीजीलाई अनेक बधाई ! तर संस्कृतमा एक भनाइ छ नि– प्रथमे ग्रासे मच्छिका पातः । अर्थात् पहिलो गाँसमै झिङ्गा ! अब खानु कि नखानु ?

    गण्डकी प्रदेशको फस्ट इम्प्रेसन नै झुर जस्तो भयो । चाहना थियो मसिनो चामलको भात खाने तर पहिलो गाँसमै ढुङ्गा परो । नेपालीजी र उनको सरकारबाट जनहितमा महत्त्वपूर्ण काम हुने विश्वास सर्वसाधारणले गरेका थिए । तर यो डिङ्गो झिङ्गो असत्ति, यसलाई पनि अहिले नै आउनु थियो ।

    कन्टिर–बाबूको मनमा केही प्रश्नहरू उठिरहेका छन्– के नेपालीजीको मन्त्रिमण्डलको पहिलो दिनको निर्णय नै सुविधामा केन्द्रित हुनुपर्ने थियो रु के त्यो निर्णय गर्न–गराउन गुरुङजी बाधक थिए, जसका कारण उनलाई हटाउनुपरेको थियो ?

    नेपालीजीको पहिलो क्याबिनेटले पूर्व–मुख्यमन्त्री र संवैधानिक आयोगका पदाधिकारीलाई ‘सम्मान’ गर्ने भन्दै सेवा–सुविधा प्रदान गर्ने बारेको निर्णय भयो भन्ने चर्चाले अहिले व्यापक बजार पाएको छ । कन्टिर–बाबू पनि बजारभन्दा बाहेक छैनन् ।

    यो अलग कुरा हो, जीवनभर लोकतन्त्र र जनताको अधिकारका लागि सङ्घर्षरत नेपालीजीले यस्तो निर्णयमा सहजै सहमति जनाए होलान् भनेर मान्न सकिन्न । अनुभवको कमीका कारण पनि यस्तो काम भएको हुन सक्ने सम्भावनालाई भने कन्टिर–बाबू इन्कार गर्न सक्दैनन् ।

    ए बाबा, असल नियतले कानुन बनाउनु त नराम्रो होइन होला । रह्यो, सेवा सुविधा लिने नलिने कुरो । ‘स्वेच्छा’को पनि त केही अर्थ होला नि । यदि ‘सम्मान’का लागि भन्ने अर्थमा हो भने वर्तमान र निवर्तमानले आफूहरूले त्यस्तो सेवा–सुविधा नलिने घोषणा गरिदिए हुन्छ त । अहिलेसम्म कुनै सरकारी सुविधा नपाउँदा पनि पुगेकै थियो नेपालीजीलाई ?

    सँगसँगै कन्टिर–बाबूको मनमा केही प्रश्नहरू उठिरहेका छन्– के नेपालीजीको मन्त्रिमण्डलको पहिलो दिनको निर्णय नै सुविधामा केन्द्रित हुनुपर्ने थियो ? के त्यो निर्णय गर्न–गराउन गुरुङजी बाधक थिए, जसका कारण उनलाई हटाउनुपरेको थियो ?

    फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्छन् । नेपालीजीको मन्त्रिमण्डलको उल्लिखित निर्णयको असर जनतामा के पर्‍यो ? कमनिस्ट जनप्रतिनिधिहरू सुख–सुविधामा बढी केन्द्रित भए भनेर सार्वजनिक आलोचना र जनता कोरोना महामारीले हायलकायल भइरहेको बेला लोकतान्त्रिक पक्षधर जनप्रतिनिधिप्रति रहेको जन–भरोसाको अवस्था के भयो ? नेपालीजी र तिनका सल्लाहकारले अवश्य पनि स्वतन्त्र समीक्षा गर्लान् भन्ने कन्टिर–बाबूको अपेक्षा छ ।

    यसबाहेक, नवनियुक्त मुख्यमन्त्रीले आफ्ना लागि पछि चाहिने ‘पेन्सन’ को बन्दोबस्त सुरुमै गर्न खोजे भन्ने केहीको टिप्पणी पनि छ । यो टिप्पणी सही हो भने कन्टिर–बाबू अहिले यतिमात्र भन्छन् – भक् बकलोल !

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.