×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ओलीटिक्सको ओरालो यात्रा सुरु भएको सङ्केत

  •  गोरखा समाचार
  • शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू यतिखेर तराई–मधेसमा चर्चित एक लोकोक्ति सम्झिरहेका छन्– दैवक लाठी माझे कपार । नेपालीमा यसको भावार्थ हुन्छ– भगवानले न्याय गर्छन् र उनको न्यायको तरिका बेआवाज हुन्छ, कसैले थाहा पाउँदैन ।

    हाम्रा ओल्बाका सम्बन्धमा पनि अहिले यो लोकोक्ति चरितार्थ हुन पुगेको छ भन्दा कन्टिर–बाबू त्यसलाई अस्वाभाविक ठान्दैनन् । ओल्बाका हकमा अहिले त्यस्तै भएको छ र यसको माध्यम बनेको छ सर्वोच्च अदालत ।

    अरे यार, आफ्नो स्वार्थपूर्तिका लागि जे पनि गर्ने ? अदालतको पछिल्लो निर्णयले ओल्बाको मनपरीतन्त्रमा थोरै भए पनि नियन्त्रण हुने अपेक्षा गर्न सकिने कन्टिर–बाबूको विश्वास छ ।

    अदालतको हिजोको फैसला यतिबेला मिडिया र सामाजिक सञ्जालमा मात्र होइन भर्चुअल चिया पसलमा समेत चर्चामा छ । त्यसले कन्टिर–बाबूको ध्यान पनि राम्रै आकृष्ट गरेको छ ।

    कन्टिर–बाबूलाई थाहा छ– संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक नियमानुसार परिपक्व भइसकेको थियो । बहुमत जुटाएर त्यसलाई पारित गर्नसक्ने आधार र अवस्था पनि थियो ।

    तर वानेश्वरस्थित संसद् भवन जान झिँजो मान्ने ओल्बाले बालुवाटार निवासबाटै राज्य चलाएर आत्मरतिमा रमाउन बानी परेका ओल्बाको प्राथमिकता सूचीमा त्यो परेन । उनी कानुन निर्माणको सर्वोच्च थलो संसदको घाँटी रेटेर अध्यादेशबाट शासन चलाउन कम्मर कसेर लागे ।

    त्यही क्रममा ओली सरकारले रातारात नागरिकतासम्बन्धी अध्यादेश ल्याएको थियो । खासमा त्यो अध्यादेश कुनै परिपक्व कानुनको पसलन्दा थिएन, महन्थ–महतोहरू फकाउने ओलीटिक्स बुटी थियो, जसको वशीकरणमा परेर महन्थ–महतोहरू सरकारी खेमामा पुगेका थिए ।

    तर ले घाँस ! कामचलाउ ओल्बा सरकारको मनपरी काम गर्ने शैली बहुमत जनतालाई जस्तै सर्वोच्चलाई चित्त बुझेन । उसले रापद्वारा जारी नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ हाल कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश नै जारी गर्‍यो ।

    सरकार पक्षबाट अध्यादेश जारी गर्नुको कारणबारे चित्तबुझ्दो जबाफ नआएको र छँदाखाँदाको संसद् विघटन गरेको भोलिपल्टै नागरिकतासम्बन्धी अध्यादेश जारी गर्ने काम संविधानविपरीत रहेको सर्वोच्चले पहिलो सुनुवाइमै ठहर गर्‍यो ।

    त्यसो त ओल्बाले त्यस्तो जगजाहेर अमान्य अध्यादेश रापलाई रातारात किन र कसरी मान्य गराए ? कन्टिर–बाबूलाई पहिल्यै थाहा थियो । खाली अदालतमा विचाराधीन कुराको मर्यादा राखेर उनले सार्वजनिक टिप्पणी नगरेका मात्र हुन् ।

    यतिबेला अदालतको अन्तरिम आदेशपछि यस प्रकरणमा भर्चुअल चिया पसलमा विभिन्न टीका–टिप्पणी भइरहेका छन् । त्यसमध्ये एउटा टिप्पणीले कन्टिर–बाबूको ध्यान तानेको छ । ती टीकाकारका अनुसार ओल्बाले अदालतलाई समेत सेटिङको घेरामा राखेका छन् । महन्थ–महतोहरूलाई नागरिकतासम्बन्धी अध्यादेशको चास्नी चटाउँदै पार्टी फुटाएर भए पनि सत्ता लम्ब्याउने स्वार्थ पूरा भइसकेपछि जानी–जानी त्यस्तो आदेश गर्ने वातावरण बनाएका हुन् ।

    टीकाकारको टिप्पणीमा कति दम छ, त्यो परख गर्ने काम ओलीटिक्स विज्ञहरूको हो । कन्टिर–बाबू त कानुनी राज्यमा विश्वास गर्छन् । अदालतले जे फैसला, आदेश गर्छ त्यो आफ्नै खुट्टामा उभिएर गर्छ, अदालत विधि मिच्नेको पक्षमा कहिले हुँदैन भन्नेमा विश्वस्त छन् ।

    अदालतद्वारा नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वायनमा रोक लगाइनु, कर्णालीका चार प्रदेश सांसदलाई पुनर्बहाली गरिनु, ओल्बाद्वारा गठित महाधिवेशन आयोजक समिति अमान्य ठानिनुलाई ओल्बाको ओरालो यात्रा सुरु भएको सङ्केतका रूपमा कन्टिर–बाबूले बुझेका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.