×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फालाफल मन्त्री, गजब तमासा !

  •  गोरखा समाचार
  • बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अरे यार अहिले छ भनिएको लोकतन्त्र र सङ्घीय शासनले अर्थोक केही नदिए पनि मन्त्री पद चाहिँ छ्यालब्याल हुने गरी बाँडेको छ । कन्टिर–बाबू भन्छन्– ठौर न ठिकान, मन्त्री भने बनाम् ।

    केही एघार दिने मन्त्री, कोही तीन महिने मन्त्री, केही ६ महिने मन्त्री । कोही प्रदेशका मन्त्री, कोही केन्द्रका मन्त्री । एक दिन अघिसम्म थाहा-सुद्धि केही छैन, भोलिपल्ट फ्याट्ट मन्त्रीको सपथग्रहण ।

    अरे जो पनि मन्त्री ! के व्यापारी, के व्यवसायी । छटियल गुन्डा, सजाय भोगिरहेका अपराधी, प्रहरीको फरार सूचीमा रहेका अभियुक्त, कमिसनका सेटिङदार, पिपिएलएल (पढी पत्थर लिखी लोढा), सब मन्त्री । घरवाला नेता आ घरवाली मन्त्री । छोरा नगरपालिकामा आ बुबा मन्त्रालयमा । एक भाइ पार्टीको नेता आ अर्को भाइ मन्त्रालयमा मन्त्री । अरे बाबा सब मन्त्री !

    अजब नेपाल गजब तमासा भन्थे बुजुर्गहरू, यही हो सायद । मानौँ मन्त्री कुनै गरिमामय पद नभएर, आलसबारीबाट सित्तैँमा टिपेर ल्याई ढकियामा राखेको बथुवा साग भइगयो ।

    यस्तोमा लु, तपाई पनि चुरे तथा खानी संरक्षण मन्त्रीको सपथ लिनु आउनुहोला भनेर बालुवाटार वा शीतल निवास स्रोतले कन्टिर–बाबूलाई पनि फोन नगर्लान् भन्न सकिन्न । तर त्यस्तो गम्भीर गल्तीचाहिँ नगर्नुहोला, कन्टिर–बाबूको आग्रह छ ।

    जे होस्, यो पटक प्रदेश र सङ्घीय संसदका कुनै पनि सदस्य मन्त्री बन्नबाट छुट्ने भएनन् । यस्तोमा कसले भन्छ, कसले आलोचना गर्छ ? सरकार गठन र पुनर्गठनमा समावेशी अवधारणा लागू भएन भनेर ! त्यसैले मौकामा लौक टिप्न मन्त्री भएका मित्र–मित्राणीहरूलाई शुभकामना छ ! मन्त्री बनते रहो, खाते–पिते रहो, मोज करो !

    खयर, यसमा कन्टिर–बाबूलाई केही भन्नुछैन । जसलाई यस्ता कुराको मतलब हुनुपर्ने हो, उसलाई केही मतलब छैन भने कन्टिर–बाबूले चाहिँ किन मतलब राख्नुपर्ने ?

    तर कन्टिर–बाबू त सुरुदेखि नै लोकतन्त्र, सङ्घीयता र सुशासनका जब्बर पक्षपाती हुन् । यस्तोमा कन्टिर–बाबूले नबोले कसले बोल्ने ?

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.