×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सरकारी कुदृष्टिबाट चुरे जोगाउने धाँसु आइडिया

  •  गोरखा समाचार
  • बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जनताका पक्षमा काम गर्नुपर्ने जब–जब कुनै अवस्थाको सिर्जना हुन्छ, सरकार ल्याङल्याङ गर्न थाल्छ । र, यो कुरो कन्टिर–बाबूलाई फिटिक्कै मन पर्दैन ।

    मोज–मस्ती गर्न, सान देखाउन, सरकारी तेलमा घर–परिवारलाई सरररर घुमाउन, भावी पुस्ताको कल्याणका लागि अकुत सम्पत्ति कमाउन सरकारका मन्त्री र उच्च पदस्थले सरकारी खर्च बढाएको–बढायै छन् । हो त्यही जथाभावी खर्च गर्ने प्रवृत्तिले विदेशसँगको व्यापार घाटाको परिमाण बढेको कन्टिर–बाबूको ठहर छ ।

    एकातिर आफूहरू जथाभावी खर्च र भ्रष्टाचारमिश्रित क्रियाकलापमा सहभागी हुने अर्कोतिर घाटा घटाउने भन्दै देश र जनतालाई पीडा हुने गरी जेपिटी निर्णय गर्ने ? हो, यही कुरा कन्टिर–बाबूलाई सह्य छैन ।

    पछिल्ला दिनमा सरकारले ढुङ्गा, गिटी, बालुवा विदेशीलाई बेच्न गरेको निर्णयलाई पनि कन्टिर–बाबूले यस्तै पीडादायी काम मानेका छन् । यस्तोमा पीडाहारी ‘झन्डु–वाम’को शैलीमा कुनै उपाय प्रयोग नगरी भएन भन्ने कन्टिर–बाबूलाई लागिरहेको छ ।

    ए बाबा, बेच्ने नाममा जे पनि बेच्ने ? बेच्न सकिने र मिल्ने कुनै कुरा बेच्न सक्ने होइन, खाली गिद्धे–दृष्टि ढुङ्गा–गिटी, बालुवामाथि । ए बाबा त्यत्रो पानी छ, बिजुली बनाएर बेच न । खनिज अनुसन्धान गर उत्खनन् गरेर बेच न । प्रशोधन गरेर जडीबुटी बेच न । प्याकिङ गरेर हिमालयको पानी विदेशीलाई बेच न । गाँजा–भाङ–धतुरो खेती गरेर औषधि कम्पनीहरूलाई बेचे पनि भयो ।

    त्यसबाहेक सरकारी कार्यालय परिसरमा वर्षौँदेखि उर्बर ठाउँ ओगटेर थन्क्याइएका पुराना सवारी, फर्निचर र अरू कबाडी बेचे पनि सरकारी कोषमा अर्बौँ रुपैयाँ सङ्कलन हुन्छ । तर हुने र जनस्तरबाट उठिरहेका कुनै काम गर्न नसक्ने अनि घुमिफिरी चुरेको सम्पदामाथि आँखा !

    लो, करलो बात ! एकातिर कन्टिर–बाबूलगायत संरक्षणप्रेमीहरू सरकारी दृष्टिबाट चुरे बचाउ अभियानमा दिनरात लागिपरेका छन्, अर्कोतिर कसले के गर्न सक्छ भन्दै सरकारी गिद्धे–दृष्टि महाभारत समेतमा परिसक्यो ।

    यस्तोमा कन्टिर–बाबूलाई एक गजबको धाँसु आइडिया फुरेको छ । ढुङ्गा, गिटी, बालुवा बेचेर सरकारले जति रकम बराबरको व्यापार घाटा कम गर्ने लक्ष्य राखेको छ, त्यति बराबरको रकम चन्दा उठाएरै भए पनि सरकारलाई सहयोग गरौँ । तर चुरे भने भावी सन्ततिका लागि जोगाऊँ !

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, जेठ २६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.