×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कारबाही फिर्ताको दोस्रो गम्भीर नाटकीय प्रस्तुति

  •  गोरखा समाचार
  • मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू अतीतदेखि वर्तमानसम्मका साक्षी छन्– नीति तथा विधिमा विश्वास नगर्ने मानिस जब–जब अप्ठेरोमा पर्छ, ऊ कस्तै सम्झौता पनि गर्न तयार भएको हुन्छ । त्यस्ता व्यक्तिका लागि नीति, नैतिकता, आचार, मूल्य–मान्यता आदि सबै रद्दीको टोकरीमा मिल्किन्छन्, ओइलाएका मूलाको सागझैँ ।

    कन्टिर–बाबूले नेपालमा बेलाबखत यस्ता सम्झौतापरस्त व्यक्ति र तिनले बेला–कुबेला सम्पादन गर्ने नचाहिँदो कार्यको टड्कारो दृश्य हेर्ने अवसर पाइरहन्छन् । उनले पछिल्लोपटक यस्तो अनुभव ओल्बाका सन्दर्भमा गरेका हुन् ।

    ओल्बा पार्टी एकताको पासो फ्याँकेर आफू महान् बन्ने प्रयासमा रहेको देखाउन खोजिरहेका छन् । ‘माझ’हरूले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने कुरालाई धेरै अघिदेखि सर्तका रूपमा अघि सार्दै आएका हुन् । ऊबेला धोती च्यातिएर रूमाल बन्यो तर ओल्बाले ‘माझ’का कुरा मान्दै मानेनन् । उनले आफूलाई जे मन पर्‍यो त्यही गर्दै आइरहे, बाँकीलाई पुरानो थाङ्नामा सुताउने प्रयत्न गरिरहे ।

    तर अचानक, लो सुन लो इन की बात ! पार्टी एकताका लागि पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउन तयार रहेको भन्दै ओल्बाले हिजो ६ बुँदे सार्वजनिक ललिपप पो जारी गरे त ।

    त्यसो त यो उनको पार्टीको आन्तरिक कुरा हो । उनी जे सुकै गरून्, माझहरूलाई मानुन् कि नमानुन् । कोही मन्त्री बनुन् कि नबनुन् कन्टिर–बाबूलाई बाल मतलब छैन । तर ओल्बाका कारणले, उनको पार्टीको किचलोका कारणले यो देश र जनता जब प्रभावित हुने अवस्था उत्पन्न हुन्छ भने कन्टिर–बाबूलाई मतलब नभएर भयो त ?

    कन्टिर–बाबूले राजनीति जति बुझेका छन्, त्यस आधारमा भन्नुपर्दा ओल्बाको यो प्रस्ताव बडो चलख्याइँपूर्ण छ । प्रस्तावको बुँदा ४ मा एकताका लागि नयाँ सरकार गठनका सन्दर्भमा अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिनुपर्ने उल्लेख । यो कुरा मान्ने कि नमान्ने माझहरू नै जानुन् तर कन्टिर–बाबूको प्रश्न छ– के यसो गर्दा माझहरूले भन्ने गरेको प्रतिगमन सच्चिन्छ ?

    नेपालमा जारी राजनीतिका सन्दर्भमा कन्टिर–बाबूको थप जिज्ञासा छ– अहिलेसम्म माझहरूले निल्नुपरेको अपमानको तीतो घुट्कोको स्वाद ओल्बाको ६ बुँदे ललिपपले गुलियो हुन्छ ? दुई–दुई पटकको संसद् विघटनको (कु)कृत्य सच्चिन्छ ? कब्जामा परेका आयोग र अन्य सरकारी संस्थाहरू कब्जामुक्त हुन्छन् ? विदेशबाट राजदूतहरू फर्किन्छन् ? सबभन्दा महत्त्वपूर्ण कुरो, नेकपा (एमाले)प्रति गुमेको जनताको विश्वासको रक्षा हुन्छ ?

    यसअघि सदनमा विश्वासको मतको निर्वाचन हुँदै गर्दा पनि ओल्बाले ‘माझभी’हरूलाई गरेको कारबाही फिर्ताको नाटकीय प्रस्तुति कन्टिर–बाबूले बिर्सिएका छैनन् । सदनको स्वार्थ–सिद्ध हुनासाथ झन् ठुलो कारबाही गरिएको घटना त जगजाहेरै छ ।

    त्यसो त कन्टिर–बाबूलाई कारबाही र फुकावाको राजनीति र त्यसको रचना–गर्भबारे खासै थाहा छैन । थाहा हुनेले यसो टुच्च कन्टिर–बाबूलाई पनि टुच्काइ दिनुहोला !

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.