×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कामका न काजका, दुस्मन अनाजका !

  •  गोरखा समाचार
  • सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ‘म खाऊँ मै लाऊँ सुख–सयल वा मोज म गरुँ,
    म बाँचू, मै नाचूँ, अरू सब मरुन् दुर्बलहरू ।
    भनी दाह्रा घस्ने अबुझ सठदेखि छक परी
    चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ।’

    कविशिरोमणि लेखनाथ पौडेलका यी कालजयी शब्दहरू कन्टिर–बाबू बेला–बेलामा सम्झिन्छन् । ओल्बा र सरकारको काम देखेर अक्सिजन र उपचार नपाएर मर्नुपरेका मानिसका चितामात्र होइन, बेला–बेलामा कन्टिर–बाबू पनि खित्का छोडेर हाँस्छन्– हाहाहा !

    कविशिरोमणिको उद्धरण यहाँ सम्झिनुको अर्थ स्पष्ट पार्दै कन्टिर–बाबू भन्छन्– डाडु पनि आफ्नै, पन्यु पनि आफ्नै, भान्सा पनि आफ्नै । प्रधानमन्त्री पनि आफैँ, राष्ट्रपति पनि आफैँ, नीति तथा कार्यक्रम पनि आफैँले, बजेट पनि आफ्नै । बजेटको मुख्य प्राथमिकतामा पर्ने कार्यकर्ता पनि आफ्नै । क्या मिलेको छ र्‍याङमा ठ्याङ !

    संसदमा विश्वास गुमाएको कामचलाउ सरकारका अर्थमन्त्रीले हिजो तीन घन्टा लगाएर पढेको बजेट सुनेपछि कन्टिर–बाबूको टिप्पणी छ– खाली ‘पपुलर’ बात करता है । कामका न काजका, दुस्मन अनाजका !

    कन्टिर–बाबू भन्छन्– पैसाको कनिका छराइवाला चुनावमुखी बजेटमा सामान्य जनताको बृहत् कल्याणभन्दा पनि सेक्टरल रूपमा ज्येष्ठ नागरिक, विद्यार्थी, शिक्षित बेरोजगार, कर्मचारी, पत्रकार आदिलाई फकाउन खोजिएको छ । चुनावमा फरक परी पो हाल्छ कि भन्ने सोच होला सायद !

    तर पूरा गर्नु नपर्ने काम बजेटमा राखेर चुनावी उल्लु साँध्न खोजेको अधिकतर जनताले बुझेकै कुरो हो । उदाहरणका लागि भनौँ न– शैक्षिक प्रमाणपत्र राखेर युवालाई ऋण दिने कुरो अघिल्लो बजेटमा पनि थियो, दिनै परेन । अहिले पनि छ, दिनै पर्दैन । हावातालको सरकारी कार्यक्रमलाई बैङ्कले माने पो दिनु ।

    यतिमात्र होइन कन्टिर–बाबूको प्रष्ट धारणा छ– बजेट सोझासाझी कार्यकर्तामुखी छ । विगतमा बद्नाम ठहरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दुई लाखलाई रोजगारी दिन १२ अर्ब छुट्याइएको छ । कार्यकर्तालाई घाँस काटेको फोटो अपलोड गर्न लगाउँदै, पैसा बाँड्दै । खेला पुरानै दोहोरिने भो यसपटक पनि ।

    कन्टिर–बाबू भन्छन्– आखिर घाटाको बजेट न हो, देश र जनतालाई जति घाटा लगाए पनि भयो ! पहिले नै ५२ हजार रुपैयाँको ऋणभारले थिचिएका नेपालीमाथि अझ ऋण थपिने निश्चित छ ।

    त्यसो त कन्टिर–बाबू आलोचनामात्र गर्दैनन्, राम्रो कुराको प्रशंसा पनि गर्छन् । सांसद विकास कोष र गरिबी निवारण कोष सेता हात्ती ठहरिएका थिए । बजेटमार्फत खारेज भयो राम्रै भयो । सांसद विकास कोषको खारेजीलाई प्रदेशहरूमा पनि निरन्तरता दिनुपर्छ भन्ने कन्टिर–बाबूको आग्रह छ । यो कोषको पैसाले केही अपवादबाहेक खाली राजनीतिक ‘रोटी’ सेक्ने काम भएको कन्टिर–बाबूको ठहर छ ।

    बजेट कोरोना केन्द्रित हुन खोजेको छ त्यो त ठीक छ । तर कोरोना कहरबाट प्रभावित हुन पुगेका भुइँमान्छेलाई शीघ्र सम्बोधन गर्ने कुनै व्यावहारिक रणनीति नहुनुलाई भने कन्टिर–बाबूले दुखद् मानेका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, जेठ १७, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.