×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

प्रश्न सुन्दा सामान्य लाग्छ तर अवस्था गम्भीर छ

  •  गोरखा समाचार
  • शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गणतन्त्र दिवसका अवसरमा कन्टिर–बाबू सबैलाई शुभकामना दिन्छन् । आजैको दिन अर्थात् २०६५ सालको जेठ १५ गते नेपाल औपचारिक रूपमा लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो ।

    मुलुकमा गणतन्त्र आयो भन्दा अरूजस्तै कन्टिर–बाबू पनि असीमित खुसी भएका थिए । कन्टिर–बाबूलाई आज पनि याद छ, त्यस दिन नेपाल पत्रकार महासङ्घले गणतन्त्र प्राप्तिको खुसियाली साट्न एक विशेष कार्यक्रम आयोजना गरेको थियो ।

    त्यस बेलाका स्थापित सबैजसो दलका शीर्ष नेताको सहभागिता रहेको त्यस कार्यक्रममा कन्टिर–बाबू पनि सहभागी थिए । तर आज अतीततर्फ फर्केर मूल्याङ्कनको प्रयत्न गर्दा कन्टिर–बाबूलाई लाग्छ– मुलुक र मुलुकीको अवस्था हात्ती आयो, हात्ती आयो फुस्सा भनिए जस्तो भयो ।

    गणतन्त्र स्थापनाको एक सरोकारवालाको हैसियतले स्पष्ट भन्नुपर्छ– कन्टिर–बाबू आजको गणतन्त्रको अवस्थाप्रति सन्तुष्ट छैनन् । यो उनले सोचेको जस्तो अवस्था हुँदै होइन । उसबेला कन्टिर–बाबूले सोचेको जस्तै धेरैको मनमा एक आदर्श चित्र कोरिएको थियो ।

    अरे यार, पहिले एक जना राजा थिए । उनको काम गराइप्रति असन्तुष्टि चुलियो र देशमा गणतन्त्र स्थापना भयो । तर अहिले ? अनेक व्यक्ति राजाजस्तो अवस्थामा पुगेका छन् । हिजोका केही फटेहालहरूको हैसियत आज आकासिएर कहाँबाट कहाँ पुग्यो ? सीमान्तकृत बहुदा जनताको थाप्लोमा चाहिँ दोब्बर ऋणको भारी ?

    विदेशबाट एटिएममा आएको पैसा गनेर मक्ख पर्ने तर विदेशबाट बाकसमा आएका लास देखेर दुःखी नहुने गणतन्त्र, के गणतन्त्र ? कन्टिर–बाबूलाई ताज्जुब लाग्छ हिजो गणतन्को पक्षमा आन्दोलनमा सहभागी हुनेहरू आज लुटतन्त्रको पहरेदार कसरी भए ?

    भन्नुहुन्न, कतिलाई पोल्छ फेरि ! राजालाई प्रवृत्ति मान्ने हो भने यहाँ अनेक प्रकारका राजा छन् हिजोआज । हिजो एउटा राजाविरुद्ध आन्दोलन गरिएको थियो । प्रश्न उठ्छ– भुरे–टाँकुरे अनेक उपनामका राजाविरुद्ध चाहिँ अब के गर्ने ? प्रश्न बडो गम्भीर छ । अवस्था मधेसतिर प्रचलित एक भनाइसँग हुबहु मिलिरहेको छ– देखन मे छोट लगे घाव करे गम्भीर । अघि कन्टिर–बाबूले सोझ्याएको प्रश्न सुन्दा सामान्यजस्तो लाग्ला तर सारमा गम्भीर छ ।

    आजको सन्दर्भमा नेपालसामु दुईवटा चुनौती छन् । पहिलो, सङ्घीय गणतन्त्रको कार्यान्वयन र दोस्रो संविधानको कार्यान्वयन । कार्यान्वयनमात्र होइन, विधि र पद्दतिअनुसार सही कार्यान्वयन ।

    कन्टिर–बाबूको मत छ– संविधानअनुसार यी दुवै चुनौती पार लगाउने मुख्य जिम्मेवारीको नेतृत्व सङ्घीय सरकारले नै गर्नुपर्छ । तर यो कार्य त्यति सहज छैन । खासमा हालसम्म केन्द्रीय सरकारले जे–जस्तो रवैया देखाएको छ, त्यस आधारमा विश्लेषण गर्दा सन्तुष्ट हुन सकिने अवस्था छैन ।

    नेपालीमा एउटा उखान छ– जो अगुवा उही बाटो फोहोर गरुवा । नेपालको सरकारको अवस्था यस्तै छ । गणतन्त्र जोगाउने जिम्मेबारी पाएको सरकारका क्रियाकलाप त्यसअनुकूल देखिैनन् । अर्कोतर्फ हिजोका राजतन्त्र समर्थकहरूले झस्केलाबाट संवैधानिक राजतन्त्रको कुरा उठाउन छाडेका छैनन् ।

    कन्टिर–बाबूलाई लाग्छ– यति बेलासम्म अर्थात् १३ वर्षमा जनता मनबाट राजतन्त्रको नाम त के छायासम्म पनि बिर्साउन सक्नुपर्थ्यो गणतन्त्रले । तर अवस्था ठिक उल्टो छ । उल्टो त कतिसम्म छ भने कतिपय गणतन्त्रका ठेकेदारहरू नै जनताका मनमा गणतन्त्रप्रति वितृष्णा र राजतन्त्रप्रति आकर्षण बढाउने काम गरिरहेका छन् ।

    जहाँसम्म राजनीतिक आकाङ्क्षाको कुरा छ, पूर्वराजालाई पनि नागरिकका रूपमा राजनीति गर्ने अधिकार छ । कि कसो हो गणतन्त्रका नाममा आफूलाई राजासरह ठान्ने कथित गणतन्त्रवादीहरू हो ?

    koshionline

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, जेठ १५, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.