×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नागरिकता अध्यादेश झुक्याउने नियत

  •  गोरखा समाचार
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    संस्कृतमा एक श्लोक छ– एको अहं, द्वितीयो नास्ति, न भूतो न भविष्यति ! अर्थात् एक ममात्र हुँ, बाँकी सबै मिथ्या हो । मजस्तो न कोही थियो, न त हुनेछ ।

    कन्टिर–बाबूका अनुसार वर्तमानको नेपाली राजनीतिका पात्रसँग यो श्लोक निकै मेल खान्छ । अझ हाम्रा ओल्बाको हकमा त सय प्रतिशत सही छ यो । हो पनि, ओल्बालाई आफूलाई जतिखेर जे गर्न मन लाग्यो त्यही गर्छन् ।

    नागरिकता अध्यादेशकै कुरा गरौँ । ओल्बा सत्ताका लागि जेसुकै कृत्य गर्न र जस्तोसुकै मूल्य चुकाउन तयार छन् भन्ने कुराको पछिल्लो प्रमाण हाे, नागरिकतासम्बन्धी अध्यादेश । दोस्रो पटक संसद् विघटन गरेको भोलिपल्ट उनले गोजीबाट निकालेजस्तो गरेर फ्याट्ट यो अध्यादेश ल्याइदिए ।

    ओल्बाले नागरिकतासम्बन्धी अध्यादेश यस बेला किन ल्याए ? यो त जगजाहेर कुरा हो । तर कन्टिर–बाबू यस कुरामा चकित छन् कि यसअघि उनि आफू वर्तमान पार्टीको संसदीय दलको विपक्षी नेता हुँदा चाहिँ संसदमा प्रस्तुत नागरिकतासम्बन्धी संशोधन विधेयकको घोर विरोध गरेका थिए तर अहिले उनकै अग्रसरतामा यो विधेयक आयो ।

    कुरो क्लियर छ, अस्ति ओल्बाले जे आधारमा आफ्नो पक्षमा एक सय ५३ जना सांसद रहेकाले संविधानको धारा ७६ (५)अनुसारको प्रधानमन्त्री बनाई पाउँ भनी रापसमक्ष दाबी गरे त्यसै आधारको खालमा यो नागरिकता अध्यादेशरूपी तुरूपको एक्का फालिएको कसलाई थाहा छैन ?

    त्यसो त कन्टिर–बाबू देशमा कोही पनि अनागरिक रहनुहुन्न र कुनै पनि नागरिकसँग कुनै आधारमा विभेद गरिनुहुन्न भन्ने मत राख्छन् । तर अहिले जुन ढङ्गले नागरिकतासम्बन्धी अध्यादेशका ल्याइएको छ, त्यो देखेर कन्टिर–बाबूका मनमा केही प्रश्न उठेका छन्– अहिले यो कुन नियतले ल्याइएको हो ? के ओल्बाले साँच्चै आवश्यक ठानेर यो अध्यादेश ल्याए त ? के यो अध्यादेश ल्याउने सर्वाधिक उपयुक्त समय यही नै थियो ? संसद् विघटन गरेर निर्वाचनको घोषणा भइसकेपछि निर्वाचन प्रभावित हुन सक्ने दूरगामी महत्त्वको अध्यादेश ल्याउनु पछाडिको रहस्य के हो ?

    अरे यार, नागरिकतासम्बन्धी विधेयक विगत तीन वर्षदेखि संसदमा फुटबल बनिरहेको छ । र यो फुटबलमा सर्वाधिक बढीे फल हान्ने यिनै ओल्बा र यिनको पार्टीका खेलाडी हुन् । यसको प्रमाण सञ्चारमाध्यमका तत्कालीन लिखत तथा अडियो–भिडियो गुगलमा सर्च गरे हुन्छ । अहिले ओल्बाको हृदय अचानक के कारणले परिवर्तन भयो ? उत्तर उनैलाई थाहा छ । जेपिटी बोल्न, गर्न पल्केका ओल्बा सार्वभौम भनिएको जनता र संसदप्रति उत्तरदायी भए पो कुनै प्रतिक्रियाको अपेक्षा पनि गर्नु !

    अरे यार कन्टिर–बाबू थप छक्क परिरहेका छन्, यस अध्यादेशको पक्षमा उफ्रिनेहरूको चाला देखेर । यो त उधारो प्रक्रिया हो नि ! कन्टिर–बाबूको प्रश्न छ– अरे यार संसदमै उभिएर नगदमा कारोबार गर्छैँ भन्नेहरू अहिले उधारोमा किन रमाएका ? अध्यादेश त छ महिनाभित्र संसदले पारित गर्नुपर्ने हुन्छ । संसदमा विचाराधीन विधेयकलाई नै प्रभावित गर्ने गरी ल्याइएको यो अध्यादेश भोलिका दिनमा संसदबाट पारित हुने वातावरण बन्न सकेन भने यसको हबिगत के होला ?

    कन्टिर–बाबूको स्पष्ट मत छ– ओल्बाले सफा नियतले यो अध्यादेश ल्याएका हुँदै होइनन् । खाली तत्कालको खड्गो टार्न र भावी निर्वाचनमा मत माग्ने माध्यमका रूपमा प्रयोग गर्न खोजेका हुन् । बाँकी आफैँ मिलाएर बुझ्नुस् !

    koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.