×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ओलीको ‘प्रतिशोधपूर्ण’ राजनीति

  •  गोरखा समाचार
  • आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    धर्मेन्द्र झा

    नेपालको पछिल्लो राजनीतिक गतिविधिको सूक्ष्म विश्लेषण गर्ने हो भने प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोधको राजनीति गरिरहेका छन् भन्न सकिन्छ । यसो भन्न सकिने पर्याप्त आधार छन् पनि । उनको प्रतिशोध वैचारिकरूपमा फरक प्रतिपक्षीभन्दा आफ्नैजस्तो विचारवाहक ‘सगोत्री’अर्थात् कम्युनिष्ट विचारधाराका दल र व्यक्तिहरूसँग हो भनेर भनियो भने फरक पर्दैन । तर, दुखका साथ भन्नुपर्छ उनको प्रतिशोधपूर्ण राजनीतिक व्यवहारको प्रभाव उनका खास ‘लक्ष्य’सम्ममात्र सीमित नरही सम्पूर्ण देश र जनतामाथि पर्ने निश्चित छ ।

    केपी शर्मा ओलीले प्रारम्भमा महादेव शैलीमा बडो मनोयोगका साथ सबै विषादहरू पान गरेर भए पनि वृहद वामपन्थी एकीकरणका लागि आफूलाई प्रस्तुत गरे । माओवादीजस्तो ३६ (छत्तीस) को व्यवहार गर्ने पार्टीलाई पनि नेकपा एमालेमा जोड्ने प्रयत्न गरे । यसैक्रममा अरु वामपन्थी दललाई पनि एमालेमा समाहित गर्ने प्रयत्न गरे । उद्देश्य एउटै थियो, आफ्नो नेतृत्वमा नेपालमा सिंगो एकीकृत कम्युनिष्ट पार्टी बनाउने र नेपालमा सदाकालसम्म निष्कंटकरूपमा शासन गर्ने । शायद उद्देश्य अर्को पनि थियो, यसै एकीरकणमार्फत विश्व कम्युनिष्ट आन्दोलनलाई प्रभावित गर्ने । विश्वमा सबैतिर कम्युनिष्ट आन्दोलन असफल भइरहेको समयमा नेपालमा कम्युनिष्टको फुर्का जोडेर आफू र आफू नेतृत्वको दललाई विश्व कम्युनिष्ट आन्दोलनमा स्थापित गर्ने पनि उनको अघोषित गन्तव्य थियो । उनी सत्तासीन भएपछिका प्रारम्भका दिनमा उत्तरतिरको झुकावले पनि यो कुरा स्पष्ट गर्दछ ।

    उनले सोचेजस्तै राजनीति कहाँ सोझो बाटोमा हिंड्थ्यो र ? उनले एकीकरणको पासा फालेको उनकै दलभित्र सायद उनको उद्देश्य स्वीकार्य भएन र यसै नाममा भोलीका दिनमा उनी तानाशाह बन्न सक्ने प्रवृत्तिको विश्लेषण गर्दै घोषित अघोषितरुपमा उनको विरोध सुरु भयो । परिणाम सबैका सामु छ, संसदमा करिव दुई तिहाईको बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता आज जम्मा ९३ सांसद संख्यामा सीमिति हुन पुगेको छ । यस अवस्थामा सबै सपना भताभुंग भएका ओली रन्थनिनु र रन्थनाईबाट प्रभावित भएर उनले उलुलजुलुल हर्कत गर्नु अत्यन्त स्वभाविक छ । यस आधारमा विश्लेषण गर्ने हो भने ओली आफूभन्दा बाहेकका कम्युनिष्ट नेतालाई ‘देखाइ दिने’ शैलीमा प्रस्तुत् भइरहेका छन् र यस सन्दर्भमा उनी जस्तोसुकै जोखिम मोल्न पनि तयार देखिन्छन् । भूराजनीतिक आधारमा उनका बारेमा जे जस्तोसुकै विश्लेषण गरियोस्, त्यो फरक पाटो हो । त्यो कति विश्वसनीय वा अविश्वसनीय छ त्यसको मूल्यांकन भविष्यले गर्ला नै । हाललाई के सत्य हो भने, उनी प्रत्यक्षतः आवेशमा आएर निर्णय गरिरहेका छन् र यी निर्णयहरूको उद्देश्य नेपाली कम्युनिष्ट आन्दोलनभित्रका उनका प्रतिस्पर्धीहरुलाई ‘तह’ लगाउनु हो भनेर भनियो भने असंगत ठहरिन्न । अर्को सत्य के पनि हो भने उनी खाँटी कम्युनिष्ट हुन र उनले ‘सत्ताकव्जा’ को महत्व अत्यन्त राम्ररी बुझेका छन् । मिहीन गरी हेरियो भने उनका चालहरू यस आधारमा पनि निर्देशित रहेको पाउन सकिन्छ ।

    ओली प्रधानमन्त्री हुनुभन्दा पहिलेसम्म धेरैको अनुमान थियो, ओली कम्युनिष्टमध्ये तुलनात्मकरूपमा बढी लोकतन्त्रवादी हुन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालासँगको ‘मधुर’ सम्बन्धको आधारले पनि ओलीका बारेमा यसरी सोच्न धेरैलाई उत्प्रेरित गरेको हुन सक्छ । तर, यो अनुमान पुरै गलत हो भन्ने कुरा ओलीका पछिल्ला हर्कतहरूले प्रमाणित गरिरहेका छन् । उनी कम्युनिष्टका नाममा सत्तामा आसीन भइरहन चाहन्छन् र बुझ्नु जरुरी छ, उनका प्रत्येक गतिविधि उनको यही सोचका तुरुपका एक्का हुन । उनी संविधानको नाममा संविधानको धज्जी उडाउँछन् । कानूनको कुरा गर्छन तर विधि अस्वीकार गर्दैनन् । राष्ट्रवादको कुरा गर्छन् तर दक्षिण-उत्तरतिर सन्तुष्टिको रणनीति अख्तियार गर्छन् ।

    अहिले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक संसद विघटन गरेकी छिन् । ओलीलाई उनको कदममा प्रत्येकपटक राष्ट्रपतिबाट साथ पाप्त भइरहेको छ । राष्ट्रपतिको साथले उनलाई प्रत्येकपटक रामवाणको काम गर्ने गरेको छ । यसपटक पनि यस्तै भएको छ ।

    देश एकपटक पुनः पुस ५ गतेकै अवस्थामा फर्किएको छ । शुक्रबार दिउँसोसम्म पत्रकारलाई बोलाएर आफू शासन सञ्चालन गर्न दिक्क भइसकेको र विपक्षीहरूले सक्छन् भने बहुमत पुर्‍याएर नयाँ सरकार बनाए हुन्छ भनेर भनिरहेका संसदको विश्वास गुमाएका ओलीले शुक्रबार साँझ नै अचानक वहुमत छ भनेर आफूलाई प्रधानमन्त्री बनाइयोस् भनेर दावी गरे । विपक्षीले पनि नयाँ सरकारको दावी गरे । तर, मध्यरातमा राष्ट्रपतिको कार्यालयबाट विज्ञप्ति जारी भयो-सरकार बनाउने दुवैथरिको दावी नपुगेकोले प्रधानमन्त्री नयाँ प्रधानमनत्री नियुक्त गर्न सकिन्न र दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरिन्छ । वास्तवमा राष्ट्रपतिको यो निर्णय अनपेक्षित थिएन । ओलीले पत्रकार सम्मेलनमा घुमाउरो पारामा आफूलाई विश्वासको मत प्राप्त नभए अथवा आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार नबने देश मध्यावधि निर्वाचनमा जाने संकेत दिइसकेका थिए । आखिर भयो त्यही, जो उनले चाहेका थिए ।

    महाव्याधिमा मध्यावधि ? यो मिल्ने कुरा हो ? नेपाल अहिले सम्पूर्णरूपमा कोरोनाको महामारीका कारण ग्रस्त र त्रस्त छ । विज्ञहरूले आगामी कार्तिक मंसिरमा कोरोनाको तेसो लहरको सम्भावना व्यक्त गरेका छन् । दोस्रो लहरको प्रभाव नसकिँदै तेसो लहरको उपस्थितिमा हुने निर्वाचन कति युक्तिसंगत हुन्छ ? यो त खाए खा नखाए घिचको अवस्थाजस्तो भएन र ? अर्को कुरा यो निर्वाचन पनि हुने हो कि होइन, शंकै छ । फ्याट्ट लाएर कोरोनाको नाममा भोलि स्वास्थ्य संकटकाल लगाइयो भने चुनावको हविगत के हुन्छ ? त्यसपछि न त संविधान न त लोकतन्त्र न त लोकतान्त्रिक शासन ।

    सारमा ओलीले चाहेका पनि यही हुन्, सविधान रिक्तताको अवस्था । राष्ट्रपतिको साथ त उनलाई छ नै सायद समयले पनि उनैलाई साथ दिइरहेको छ । त्यसो त विपक्षीहरुले ओलीको पछिल्लो कदमविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने उद्घोष गरेका छन् । आइतबार अथवा सोमबार संसद विघटनविरुद्ध तिनले अदालत जाने कुरा गरेका छन् । तर, हाललाई अन्य राजनीतिक दलहरू सडक संघर्षमा जान सक्ने अवस्था छैन । कोरोनाको कहरको प्रभावलाई अस्वीकार गर्न सकिन्न । दलहरूले सडक तताउने उपयुक्त मौका पाउने छैनन् । सायद यो अवस्थाले ओलीलाई केही भए पनि राहत प्रदान गर्नेछ र आागामी केही दिन उनी आफ्ना विपक्षी र प्रतिस्पर्धीहरूलाई जिल्याउँदै शासनको बागडोर सम्हालिरहने छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.