×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

ओलीटिक्सका बारेमा लेख्दिनँ भन्दा–भन्दै ‘!

  •  गोरखा समाचार
  • आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    खासमा कन्टिर–बाबूलाई आज केही लेख्ने कुनै मुड नै चलेको छैन । घुमिफिरी त्यही पोलिटिक्स अर्थात् राजनीति अनि त्यही ओलीटिक्स अर्थात् ओल्बा–कृत्यका बारेमा कति लेख्नु ?

    त्यसैले आज कन्टिर–बाबू ओल्बाका सम्बन्धमा केही विशेष कुरा लेख्ने र भन्ने मुडमा छैनन् । उनलाई कि शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भनेर सम्झाउनु, कुनै अर्ती–उपदेश, सल्लाह दिनुको केही अर्थ भए पो त लेख्नु–बोल्नु पनि ।

    खाली आफ्नैमात्र कुरा गर्छन्, आफ्नै कुरामा अड्डी कस्याकस्यै गर्छन् । उनले अर्काको कुरा सुन्न छोडेको तीन वर्षभन्दा बढी भइसक्यो । त्यसैले कन्टिर–बाबूले आज उनका बारेमा केही नबोल्ने, नलेख्ने निर्णय गरेका हुन् ।

    त्यसो त कन्टिर–बाबूको यस निर्णयबाट प्रतिगमनविरुद्ध खबरदारी मोर्चामा रहेकाहरू निराश हुन सक्लान् । उनीहरूलाई केही असजिलो त पनि पक्कै होला । तर कन्टिर–बाबूले आफ्नो निर्णयमा अडिग छन्, जे निर्णय गरे, गरे । आफ्नो निर्णयको रक्षामा सवालमा कन्टिर–बाबू, हिन्दी सिनेमाका नायक सलमान खानको डायलग र शब्द सापट लिँदै भन्छन्– सार्वजनिक रूपमा कुनै कमिटमेन्ट गरिसकेपछि कन्टिर–बाबू आफ्नै मनको कुरा पनि सुन्दैनन् ।

    अबचाहिँ ध्यान कोरोनाको अहिले चलिरहेको दोस्रो र चुनाव हुने भनिएको कात्तिक–मङ्सिरतिर आउने प्रक्षेपण गरिएको तेस्रो भेरियन्टप्रति पक्कै पनि गम्भीर हुनेछ ।

    ओल्बाले शेरबहादुर देउवालाई भाषा सिकाउन् कि रापले संसदमा देउवाको बोलीप्रति गरेको व्यङ्ग्यलाई हाँसोमा उडाउन् कन्टिर–बाबूलाई बाल मतलब छैन । मतलब राखेर पनि के गर्नु हाम्रा ओल्बा सुध्रिनेवाला जीव होइनन् । कोही चाहे जो हो, हम नही सुधरेगें भन्छ भने कन्टिर–बाबूको मात्र होइन, देवाधिदेव महादेव पशुपतिनाथको पनि केही लाग्दैन !

    ओल्बाले मध्यरातमा संसद् विघटनको सिफारिस गरुन् कि देउवाले एक सय ४९ सांसदको हस्ताक्षर पुर्‍याएको थाहा पाउनासाथ हतार–हतार एमाले र जसपाको पत्रमात्रका आधारमा एक सय ५३ सांसदको सङ्ख्या पुर्‍याएको दाबी गरुन्, कन्टिर–बाबूलाई कुनै मतलब भएन ।

    राजनीतिमा केको विधान, केको प्रक्रिया ? केको नैतिकता, केको इमानदारी ? जो जिता वही सिकन्दरवाला शैलीमा कोही राजनीति गर्न चाहन्छ भने कन्टिर–बाबू ओल्बाले नै पटक–पटक भने जस्तो– भीरबाट लड्ने गोरुलाई राम–राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।

    यस्तो जगजगी परिस्थितिमा दुःख–मनाउ गरेर मात्र के गर्नु ? त्यसैले कन्टिर–बाबू आज ओल्बाप्रति कुनै टिप्पणी गर्नेवाला छैनन् । मात्र आशावादी छन्– अबचाहिँ ओल्बाको ध्यान कोरोनाको अहिले चलिरहेको दोस्रो र चुनाव हुने भनिएको कात्तिक–मङ्सिरतिर आउने प्रक्षेपण गरिएको तेस्रो भेरियन्टप्रति पक्कै पनि गम्भीर हुनेछ ।

    koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.