×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ८ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ११ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १३ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १३ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • २ दिन अघि

सुरुमा अध्यादेश, त्यसपछि सिध्यादेश !

  •  गोरखा समाचार
  • आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    ले घास, आखिर ओल्बाले जे कानेखुसी गरेका थिए रापबाट त्यही फरमान जारी भयो मध्यराति । अघिल्लो फरमानअनुसार बिहीबार दिउँसो विपक्षी दलहरू नयाँ सरकार बनाउन बहुमत सांसदको हस्ताक्षर जुटाएर शीतलनिवास पुग्दा ओल्बा शीतल निवासबाट के–के कानेखुसी गरीवरी फर्किँदै थिए ।

    त्यही बेला कन्टिर–बाबूलाई लागिसकेको थियो– बहुमत सिद्ध गर्न दलहरूलाई दिइएको चुनौती र समय नाटकमात्र थियो, भितरिया नौटङ्की त अर्कै छ । नभन्दै शुक्रबार मध्यरातपछि राति जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संसद् रापबाट हठात् विघटन र निर्वाचन गराउने फरमान जारी भयो ।

    कन्टिर–बाबू भन्छन्– नेपालको राजनीतिक इतिहासमा प्रायः यस्ता जालझेल र षड्यन्त्रपूर्ण घटना मध्यरातमा नै हुने गरेको छ, त्यो पनि शुक्रबार नै । यसपटक पनि त्यस्तै भयो । ओल्बाले देशलाई पुस ५ गतेकै अवस्थामा फर्काए । यसका लागि राप देवी सहाय भइन् । जय हो देवी ।

    बिहीबार दिउँसोसम्म ओल्बा पत्रकारहरू भेला पारेर आफू शासन सञ्चालन गर्न दिक्क भइसकेको र विपक्षीहरूले सक्छन् भने बहुमत पुर्‍याए नयाँ सरकारका लागि म सहयोग गर्छु भन्दै खोकिरहेका थिए । संसदको विश्वास गुमाएका ओल्बा दिउँसो आफूसँग बहुमत छैन भन्दै थिए ।

    तर साँझ अचानक आफूप्रति बहुमत सांसदको विश्वास छ भन्दै आफूलाई प्रधानमन्त्री बनाइयोस् भनेर रापमा अर्जी चढाए । विचरा ओल्बाको दिउँसोसम्मको सबै हेकडी गुम भयो ।

    उता विपक्षीले पनि बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दाबी गरे । तर विपक्षीको अहिलेसम्मको कुन चाहिँ कुरा सुनिएको थियो र यसपटक सुनिन्थ्यो ? मध्यरातमा रापको कार्यालयबाट विज्ञप्ति जारी भयो– सरकार बनाउने दुवैथरिको दाबी पुगेन । नयाँ प्रधानमन्त्री नियुक्त गर्न सकिन्न ।

    कन्टिर–बाबू सोचिरहेका छन्– कस्तो थेथर पारा हो यो ? पत्रकारलाई नैतिकताको पाठ पढाउने, भित्रभित्र राजनीतिको हलो अड्काउने, एकैछिनमा संविधानको गोरु पड्काउने, केहीबेरमै सांसदको सङ्ख्या भड्काउने, दक्षिणको इशारामा राजनीतिक खिचडी छड्काउने ।

    अरे वाह चित पनि आफ्नै, पट पनि आफ्नै । कन्टिर–बाबूहरू केटाकेटीमा पाँच पैसाको ढ्याक ओल्टाइ–पोल्टाई गाई कि त्रिशूल खेल्ने गर्थे । एकजना साथी थियो, सधैँ झेल्ला गर्थ्यो । गाई वा त्रिशूल जे जसलाई परे पनि खेल सुरु गर्ने मौकाचाहिँ उसले नै पाउनुपर्ने ।

    कन्टिर–बाबूलाई थाहा थियो यस्तो हुँदैन । तर ऊ सधैँ आफ्नै नियम लागू गर्थ्यो । साथीभाइ सबै रिसाउँथे । तर रिसाएर के गर्नु ? ऊ सधैँ लट्ठी बोक्थ्यो र कसैले विरोध गरे त्यही लट्ठीले कुट्न झम्टिन्थ्यो ।

    अहिले नेपालको पछिल्लो राजनीतिमा कन्टिर–बाबू त्यही गाई कि त्रिशूलवाला खेल र त्यही झेल्ला गर्ने साथी सम्झिरहेका छन् । अहिले त्यो साथी पनि ओल्बाजस्तै राजनीतिमा लागेर ठूलै मानिस भएको छ ।

    ओल्बाको मध्यरातको सिफारिस स्वीकार्दै रापबाट कात्तिक २६ र मङ्सिर ३ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा भएको छ । कन्टिर–बाबूलाई लाग्छ, यो सबै पहिलेदेखिकै सेटिङ हो ।

    अरे यार, महाव्याधिमा मध्यावधि ? यो मिल्ने कुरा हो ? नेपाल अहिले सम्पूर्ण रूपमा कोरोनाको महामारीका कारण ग्रस्त र त्रस्त छ । विज्ञहरूले आगामी कात्तिक मङ्सिरमा कोरोनाको तेस्रो लहरको सम्भावना व्यक्त गरेका छन् ।

    दोस्रो लहरको असर नसकिँदै तेस्रो लहरको उपस्थितिका बीच गर्ने भएको निर्वाचन कति युक्तिसङ्गत हुन्छ ? खाए खा नखाए घिच । अर्को कुरा यो निर्वाचन पनि हुने हो कि होइन, शङ्कै छ । फ्याट्ट लाएर कोरोनाको नाममा भोलि स्वास्थ्य सङ्कटकाल लगाइउनुपर्‍यो भने चुनाव भा’को भै हो । त्यसपछि न संविधान, न लोकतन्त्र, न विधिको शासन ।

    त्यसपछि के हुन्छ ? कन्टिर–बाबूका अनुसार ओल्बाका दुई प्राथमिकता हुनेछन्– सुरुमा अध्यादेश, त्यसपछि सिध्यादेश !

    koshionline

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.