×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दासढुङ्गामा डुबेको सत्य बिर्सिँदै बर्बरिक नियति

  •  गोरखा समाचार
  • सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    २७ वर्ष पहिले आजकै दिन अर्थात् २०५० साल जेठ ३ गते नेपालमा के भएको थियो ? कन्टिर–बाबूमात्र होइन, सामान्य ज्ञानमा रुचि राख्ने प्रायः नेपालीलाई थाहा छ नेपालको इतिहासमा जेठ ३ गते के भएको थियो ।

    आजकै दिन तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माले (अहिले एमाले बनेको छ) का महासचिव मदन भण्डारी एवम् सङ्गठन विभाग प्रमुख जीवराज आश्रितलाई नारायणी नदीको भेलले बगाएको थियो ।

    प्रत्यक्षतः जिप दुर्घटना भएर नारायणीमा अवसान भएका यी दुवै नेताको मृत्युलाई त्यसबेलादेखि अहिलेसम्म रहस्यमय मानिँदै आएको छ । माले हुँदै एमालेले आधिकारिक रूपमा हालसम्म यस दुर्घटनालाई हत्याको घटना मान्दै आएको छ ।

    बीचमा यही नाममा अनेक आन्दोलन भए । कन्टिर–बाबू साक्षी छन्– यस्ता आन्दोलनका नाममा देशभरि तोडफोड भए । करोडौँको सार्वजनिक सम्पत्ति स्वाहा पारिए । छानबिनका लागि औपचारिक–अनौपचारिक आयोग तथा समितिहरू गठन भए तर परिणाम भयो के ? उही ढाकको तीन पात !

    मदन भण्डारीले आफ्नालागि रोजेको नाम बर्बरिकको अनपेक्षित नियतिजस्तै उनको मृत्यु प्रकरण पनि रहस्यमयी भएर रहेको छ ।

    दासढुङ्गा काण्डका नामले पनि परिचित यो घटना दुर्घटना नै हो कि सुनियोजित हत्या ? प्रश्न, प्रश्नमै सीमित छ आजसम्म । अनुसन्धानको पाइलो कहाँ पुगेर रोकियो कसैलाई थाहा हुन सकेको छैन ।

    कन्टिर–बाबूलाई थाहा छ, नारायणीमा डुबेका वा डुबाइएका मदन भण्डारीको भूमिगत नाम बर्बरिक थियो । महाभारतका एक शक्तिशाली योद्धा बर्बरिकलाई कृष्णले मायामा पारेर टाउको काटेका थिए, जुन टाउको महाभारत युद्ध चलुञ्जेल एउटा रुखको हाँगोमा झुन्ड्याइएको थियो ।

    यसरी टाउको झुन्ड्युञ्जेल बर्बरिकले महाभारत युद्धमा भएको हताहतीबारे केही थाहा पाएनन् । महाभारत युद्ध उनका लागि सधैँ रहस्यमयी घटना भएर रह्यो । भण्डारीले आफ्नालागि रोजेको नाम बर्बरिकको अनपेक्षित नियतिजस्तै उनको मृत्यु प्रकरण पनि रहस्यमयी भएर रहेको छ ।

    यसबीचमा एउटा कुराचाहिँ जगजाहेर भएको कन्टिर–बाबूको निष्कर्ष छ– धेरै दिनसम्म माले–एमालेको राजनीति गर्ने र जनताका बीच भोट माग्ने माध्यम भने बनिरहेको छ यो घटना ।

    तर पछिल्ला दिनहरूमा भने यस घटनालाई उचालेर राजनीति गर्नेहरूलाई जनताले चिन्न थालिसकेका छन् । कन्टिर–बाबू भन्छन– त्यस्तालाई जनताले नचिनुन् पनि कसरी ? प्रश्न त उठ्छ, जनताको बहुदलीय जनवादको प्रणेता लोकप्रिय नेता मदन भण्डारीको ऋण खाएर अहिलेका ‘सर्वहारा’हरूको यहाँसम्मको राजनीतिक–यात्रा तय भएको हो ।

    यात्राका क्रममा पटकपटक सत्ताको सिढी उक्लेकाहरूमध्ये तीन पटक हाम्रा ओल्बा नै प्रधानमन्त्री भइसके । यसअघि यही पार्टीका नाममा मनमोहन, माकुने र झनाख पनि प्रधानमन्त्री भइसके । कन्टिर–बाबूलाई थाहा छ, एमालेको सहयोगमा धेरै पटक र एमालेकै नेतृत्वमा पाँच पटक सरकार बने ।

    तर खोइ दासढुङ्गा काण्डका सवालमा कसले के लछारपाटो लाए ? कतिवटा माखो मारे ? कतिवटा सिन्का भाँचे ? घटनाको समयमा पार्टीले गठन गरेको छानबिन समितिको संयोजक ओल्बा नै थिए । उनको समितिले दोषी पत्ता लगाउने गुड्डी पनि हाँकेको थियो । तर संयोजक आफैँ तीन पटक प्रधानमन्त्री हुँदासमेत छानबिनलाई किन टुङ्गोमा पुर्‍याउन सकेनन् ? केले रोक्यो दोषीलाई सार्वजनिक गर्न, कारबाहीको दायरामा ल्याउन ?

    त्यतिमात्र होइन, भण्डारी पत्नी विद्या पनि पटकपटक सत्तामा आइन्, देशको सर्वोच्च पदमा पनि आसिन भइन् । तर भण्डारीको हत्यारा कहाँ लुक्यो ? किन पत्ता लाग्दैन ? दासढुङ्गाा घटनाका साक्षी, ड्राइभर अमर लामा छानबिन चल्दाचल्दै बीचबजारमा गोली हानेर किन मारिए ? कन्टिर–बाबूका मनमा यस्ता प्रश्न उब्जिएका छन् यतिबेला ।

    कन्टिर–बाबू थप प्रश्न गर्छन्– डाडु–पन्यु सबै आफ्नो हातमा भएको यो बेला पनि यस घटनाको अनुसन्धान नभए कहिले होला ? पार्टीले घटनाका बारेमा कहिले स्वेत–पत्र जारी गर्छ ?

    कसैलाई थाहा भए कृपया कन्टिर–बाबूलाई जानकारी गराइदिनुहोला । हाललाई कन्टिर–बाबूका तर्फबाट भण्डारी र आश्रितको अमर आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली !

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, जेठ ०३, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.