×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३५ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सत्य–निष्ठा, प्रतिज्ञा मन नपर्नेसामु विवश भाइरल हाँसो !

  •  गोरखा समाचार
  • शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हिँ हिँ हिँ कन्टिर–बाबू नेपाली राजनीति र नेताहरूको ताल देखेर बेला–बेलामा हास्न त हित्का छोडेरै हाँस्थे । तर यो हिँ हिँ हिँ यति चाँडै भाइरल होला भन्ने थिएन । तर कन्टिर–बाबू सुरुमा यो हाँसोको होइन, त्यसको कारकबारे बारे केही टिप्पणी गर्ने प्रयत्नमा छन् ।

    कन्टिर–बाबूका लागि ओल्बा एक महान् तथा नभई नहुने नेता हुन् । उनी नेपालका साँच्चिकै एक यस्ता नेता हुन्, जो कन्टिर–बाबूजस्तालाई लेख्नका लागि हरेक दिन केही न केही ‘प्लट’ दिइरहन्छन् । यस्ता विशिष्ट न्युज–मेकर ओल्बा कन्टिर–बाबूका दृष्टिमा विशेष धन्यवादका पात्र हुन् ।

    अब ओल्बाको तेस्रो शपथग्रहणकै कुरा गरौँ । यो सपथ ग्रहणका बेला कसले के भन्यो, के गरौ ? जगजाहेरै छ । यतिबेला ओल्बाको त्यो नवनीतम् (कु)कृत्यले संसदीय लोकतान्त्रिक शासन व्यवस्था र अभ्यासमा एउटा फरक बहस सुरू भएको छ । राष्ट्रपतिलाई हप्काई–दप्काई गर्ने अधिकार उनलाई कसले दियो ?

    ए बाबा, दुवै जनाका बीचमा केही वार्तालाप हुन्छ भने त्यो सार्वजनिक सरोकारको विषय नहोला । तर त्यहाँ त मिडियाको क्यामेरा, रेकर्डर, माइक्रोफोनहरू अन थियो । सारा संसारको नजर त्यसैमा केन्द्रित थियो । त्यसैले यो ख्याल गर्ने विषय हुँदै होइन ।

    कन्टिर–बाबूका अनुसार सार्वजनिक रूपमा जब प्रधानमन्त्रीले राष्ट्रपतिको मानमर्दन गर्छन् र शपथग्रहणको शव्द नै हेरफेर गर्छन् भने त्यसलाई कुनै पनि हालतमा शोभनीय मान्न सकिँदैन । यो त पदीय मर्यादाको ठाडो उल्लङ्घनमात्र होइन, असंवैधानिक, असंसदीय र गैरकानुनी हर्कत पनि हो ।

    तर ओल्बालाई भने बाल मतलब छैन । यस्तोमा कन्टिर–बाबूको प्रश्न छ– के उनी आफू राणा शासकजस्तै संविधान र कानुनभन्दा माथि रहेको सन्देश दिन चाहिरहेका छन् ?

    यसै सन्दर्भमा कन्टिर–बाबू आफ्नो बालापनको बेला सम्झन्छन् । केटाकेटीमा खेल्दा साथीभाइमा किरिया–कसम खाइन्थ्यो खुवाइन्थ्यो । कुनै किरिया खानुपर्दा वा प्रतिज्ञा गर्नुपर्दा रामोराम, सातो विद्या नाश, विद्या कसम भन्नुपर्ने हुन्थ्यो । तर हामी सकेसम्म त्यस्तो कसम खानु नपरे हुन्थ्यो भनेर तर्किन्थ्यौँ । हामीलाई विद्या कसम खान सकस भए जस्तै ओल्बालाई ‘प्रतिज्ञा’ कसम खान निकै सकस परेका देखियो । आखिर किन उनलाई सत्य–निष्ठा र प्रतिज्ञा शब्दसँग एलर्जी भएको हो ? यसबारे गम्भीर छानबिन हुनुपर्ने कन्टिर–बाबूको राय छ ।

    कन्टिर–बाबू सोचिरहेका छन्– अमेरिकामा राष्ट्रपतिले शपथ खाँदा ‘इन गड वि ट्रस्ट’ भन्न हुने तर यिनले ईश्वरका नाममा शपथ खान किन नहुने ? पशुपतिमा पूजा गर्न हुने, रामलाई ढोग्न हुने तर प्रतिज्ञा भन्न नहुने ? अनि हाकाहाकी देशको सर्वोच्च संस्थालाई प्रतिज्ञा ‘भन्न पर्दैन’ भनेर डिक्टेट गर्ने ?

    अरे अमेरिकामा राष्ट्रपति ओबामाले शपथ लिने क्रममा सामान्य त्रुटि हुँदा सच्याउनु पर्ने, नेपालमै पनि उपराष्ट्रपति परमानन्दको शपथ लिँदा भनेको नहुने तर ओल्बाले भनेको चाहिँ जे पनि हुने, सबैले मान्नुपर्ने ? कन्टिर–बाबूको प्रश्न छ– खोइ कानुन, खोइ संविधान, खोई अदालत ?

    यसमा कन्टिर–बाबू वरिष्ठ पत्रकार तारानाथ दाहालको अभिव्यक्तिसँग सहमत छन् । दाहालबाबू सामाजिक सञ्जालमा लेख्छन्– सपथमा शब्द र भाषा तलमाथि पारे त्यो मान्य नहुने अन्तर्राष्ट्रिय प्रचलन र हाम्रै सर्वोच्च अदालतको नजिर पनि छ । तर ओलीलाई यसले छुँदैन ।

    यस्तोमा कन्टिर–बाबू भारतीय जनता पार्टीका नेता मनोज तिवारीको एक गीत सम्झिन्छन्– हिँ हिँ हिँ हाँस देली रिन्किया के पापा, चट दानी मार देले खिचके तमाचा !

    अब राष्ट्रपतिको मनको कुरा गरौँ । ओल्बाले ‘त्यो पर्दैन’ भन्दा राष्ट्रपति हिँ हिँ हिँ गरेर हाँसिन् । यस्तो संवैधानिक अप्ठेरोमा बेला, मूर्खता प्रदर्शनका सामुन्ने राष्ट्रपति हाँस्नुपर्ने कि गम्भीर हुनुपर्ने ? यसबारेमा अर्को दिन बहस गरौँला । तर राष्ट्रपतिको विवशता र हाँसो ओल्बाको हर्कतसँगै भाइरल भइदियो, यसमा भने कन्टिर–बाबूलाई सन्तोष नै लागेको छ ।

    यसबाहेक सत्य–निष्ठा, प्रतिज्ञा कमनिस्ट मार्काधारी कमाउनिस्टहरूको शब्दकोशमा नभएकोले ‘त्यो पर्दैन’ भन्ने सोच्दै अहिलेका लागि अगाडि बढौँ !

    koshionline

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.