×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३७ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५९ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

शनिबार पोखरामा हुने १० किमि दौडको सम्पूर्ण तयारी पुरा

  •  गोरखा समाचार
  • शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा – नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा चैत १४ गते शनिवार हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पुरा भएको छ ।

    १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत हुने १० किमी महिला तथा पुरुष दौडको सम्पूर्ण तयारी पुरा भएको मञ्चले जनाएको हो । उक्त दौड अन्तर्गत पुरुष र महिलातर्फ विभिन्न १७ जिल्लाका धावकहरुले नाम दर्ता गराएको मञ्चका द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिएका छन ।

    उक्त दौड अन्तर्गत पुरुषतर्फ ४ सय ७५ जना भन्दा वढीले नाम दर्ता गराएका छन भने महिला तर्फ ८० जना रहेका छन । दौडको शुभारम्भ तथा विजयी खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जिशीले अपर्ण गर्ने कार्यक्रम तय भइ सकेकोको मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङले जनाएका छन ।

    उक्त दौड पोखरा रंगशालाबाट शुरु भई, पृथ्वीचोक, मेयर हर्कचोक, मुस्ताङचोक, शहिद चोक, हल्लनचोक, डिहिको पाटन, जरेवर, जिरो किमी, सृजना चोक, शभागृह चोक, न्यूरोड, विपी चोक हुँदै मानवअधिकार चोक ९पोखरा ट्रेडमल० पुगेर समापन हुनेछ । दौडको रुटमा पर्ने सम्पूर्ण संघ संस्था तथा आमा समुहहरुलाइ सदाझैं सांस्कृतिक झाँकी र वाजागाजा सहित धावकहरुलाई स्वागत गरिदिन मञ्चले आह्वान गरेको छ । त्यसै गरी सवारी आवगमनका कारण धावकहरुलाई बाधा पग्ने भएकोले सम्पूर्ण यातायत व्यवसायीहरुलाई केही समयका लागि आफ्ना सवारी साधनहरु नचलाउन समेत आग्रह गरेको छ ।

    विश्वभर कोभिड १९ का कारण सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दौड कार्यक्रम आयोजना गरिएको मञ्चका आजिवन सदस्य तथा स्वास्थ्य समितीका संयोजक सम्मर बहादुर श्रेष्ठले जनाएका छन । उनले भने–“हामी निकै सजग छौं र स्वास्थ्यका मापदण्ड अपनाएका छौं भने सहभागी खेलाडीहरुलाई समेत यसबारे सचेत गराएका छौं ।” स्वास्थ्य सचेतना सँगै खेलाडी तथा अन्य कार्यक्रममा सहभागीहरुलाई नेलम्वो नेपालले स्वास्थ्यका सामाग्री मास्क र सेनीटाइजरहरु समेत वितरण गर्ने तयारी भइरहेको संयोजक श्रेष्ठले बताए ।

    प्रतियोगितामा विजयी महिला र पुरुषतर्फ प्रथम हुनेले समान नगद रु १५–१५ हजार, दोश्रोले १०–१० र तेश्रोले ७–७ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरी दौडतर्फ ३०० जना धावकहरुलाई उनीहरुले दौड पुरा गरेको क्रमशंख्याको आधारमा मेडल प्रदान गरिने मञ्चका प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुलीले जनाएका छन ।

    स्मरणिय के छ भने १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत गत फागुन १ गते पुरुषतर्फको ४२।१९५ किमी म्याराथन र महिलातर्फको २१ किमी हाफ म्याराथन दौड सम्पन्न भइसकेको छ भने गत फागुन २२ गते महिला पुरुष ह्विल चियर र दृष्टिविहिन दौड समेत सम्पन्न भइसकेको छ । उक्त कार्यक्रम अन्तर्गत २०७८ वैशाख ४ गते छात्र–छात्रातर्फको ५ किमी दौड हुने मञ्चले जनाएको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न : ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
    प्रदेश साइक्लिङ्ग संघमा गोरखा गुरुङ र थापा उपाध्यक्ष र सदस्यमा निर्वाचित
    विश्वकप फुटवल : १६ वर्षपछि स्पेनकाे पाेल्टामा उपाधि
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.