गोरखा – गोरखा नगरपालिका भित्रका सामुदायिक बिधालय बिच भएको मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ । मैत्री पुर्ण खेलमा श्री रत्नराज्य माध्यामिक बिधालयले जित हात पारेको छ ।
आज सम्पन्न भएको मैत्रीपूर्ण खेलको अन्तिम खेलमा महेन्द्र माबि कुन्दुरटारलाई पराजित गर्दै रत्नराज्य मावि प्रथम भएको हो ।
प्रतियोगितामा महेन्द्र माविले दोस्रो भएको छ । एमएम आरटीको आयोजनामा भएको प्रतियोगितामा तेस्रो स्थान श्री सरस्वती माध्यामिक बिधालय आहाले र महालक्ष्मी माबि लक्ष्मीबजारले हात पारेको छ । प्रतियोगितामा १० स्कुलका शिक्षकरुको सहभागिता रहेको थियो ।




















