एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमुण्डले सेभिल्लालाई पराजित गरेको छ । गएराति भएको अन्तिम १६ को पहिलो लेगमा डर्टमुण्ड सेभिल्लालाई ३–२ गोल अन्तरले हराएको हो ।
डर्टमुण्डका लागि हाल्याण्डले २ र मोहोमद दाहुदले १ गोल गरे । सेभिल्लाका सुसो र लुक डे योङले १–१ गोल गरेका थिए । पहिलो लेगमा जित निकालेसँगै डर्टमुण्डले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
राति नै भएको अर्को खेलमा युभेन्टसलाई एफसी पोर्टोले २–१ गोल अन्तरले हराएको छ । पोर्टोका लागि मेहेदी तारेमी र मौसा मारेजाले १–१ गोल गरे । युभेन्टसका फेडेरिको चिएसाले १ गोल फर्काए । पराजयसँगै युभेन्टसको क्वाररफाइनल यात्रा कठिन भएको छ ।




















