मुस्ताङ – जिल्लाका घासाँ क्षेत्रमा गोरु काटेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रहरीले थासा गाउँपालिका ४ को घासाँबाट अर्पण श्रेष्ठ, लालबहादुर श्रेष्ठ, सनिस श्रेष्ठ र निश्चल बिकलाई गोरुको टाउको र मासु सहित नियन्त्रणमा लिएको हो ।
गोरु काटेको भन्ने सूचनाको आधारमा प्रहरी उत्त क्षेत्रमा खटि गएको प्रहरीले गोरुको टाउको र मासु सहित ४ जनालाई नियन्त्रणमा लिएको मुस्ताङ प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको सबैलाई मुद्वा दर्ता गरी थप अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ ।




















