काठमाण्डौँ – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १६० जना संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा मङ्गलबार थप १६० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसँगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।
थप २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा संक्रमणबाट मृत्य हुनेको संख्या २ हजार ४९ जना पुगेको छ ।




















