काठमाण्डौं – भारतीय अभिनेता राजीव कपूरको मङ्गलवार निधन भएको छ ।
राजीव कपूरको हृदयाघातका कारण निधन भएको उनका ठूला दाजु रणधीर कपूरले बताएको बीबीसीमा उल्लेख छ ।
राजीव कपूर ५८ वर्षका थिए । उनी राज कपूरका कान्छो छोरा थिए भने रणधीर कपूर र ऋषि कपूरका भाइ थिए ।
उनले राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा सुरु गरेको थिए । त्यो फिल्म निकै सफल भएको थियो ।
ऋषि कपूरको निकै चर्चित फिल्म ुप्रेम ग्रंथु लाई राजीव कपूरले निर्देशन गरेका थिए ।




















