साँकेतिक तस्बिर
काठमाण्डौं – सरकारले आगामी वैशाख हुने २ चरणको निर्वाचन कुन कुन जिल्लामा पहिला र कुन कुन जिल्लामा पछि गर्ने भन्ने निर्णय गरेको छ ।
बैशाख १७ र २७ गते हुने निर्वाचनका लागि हिजो (सोमबार) बसेको मन्त्रीपरिषदको बैठकले जिल्ला र प्रदेशको टुंगो लगाएको हो ।
पहिलो चरण अन्तरर्गत बैठकले वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेका थिए । संसद विघटन विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले टुंगो लगाए सकेको भने छैन् ।




















