काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १३० जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालमा गरिएको स्वाब परिक्ष्णका क्रममा थप १३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।
थप ७ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यो संगै संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ ।
निको हुनेको संख्या २ लाख ६८ हजार माथि
नेपालमा आज सम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।




















