काठमाण्डौं – दोस्रो चरणको कोरोना बिरुद्वको खोप अभियान आजबाट शुरु भएको छ ।
आजबाट दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारहरु, बैंकका कर्मचारी, मालपोत, नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी, विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालयका कर्मचारीहरूलाई लक्षित गरेर सोमवारदेखि खोप लगाउन थालिएको हो ।
काठमाण्डौंमा सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालबाट दोस्रो चरणको खोप सेवा शुरु भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
राजधानीको सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा संयुक्त राष्ट्रसंघ अन्तरर्गतका एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने ब्यवस्था मिलाईएको मन्त्रालयले जनाएको छ ।
शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइने छ ।
नेपाल सरकारलाई भारत सरकारले उपलब्ध गराएको १० लाख डोज खोप मध्ये पहिलो चरणमा खोप लगाएर पनि ८ लाखभन्दा बढी डोज बाँकी भए पछि अरुलाई खोप दिन लागिएको हो ।
माघ १४ देखि १७ गतेसम्मको पहिलो चरणमा १ लाख ८१ हजार ८५७ जनाले खोप लगाएका थिए ।




















