काठमाण्डौँ – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ११९ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा आइतबार थप ११९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसँगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ ।
थप ३ जनाको मृत्यु
नेपालमा संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३८ जना पुगेको छ ।




















