एजेन्सी – भारतको उत्तराखण्डको चमोलीमा हिमताल फुटदा १५० जना बढी बेपत्ता भएका छन ।
हिमताल फुटदा धौलीगंगा नदीमा आएको बाढीमा उनीहरु बेपत्ता भएको भारतीय सरकारले पुष्टी गरेको छ ।
बेपत्ता हुनेहरुमा ऋषिगंगा विद्युत परियोजनामा कार्यरत कामदार धेरै छन् । धौलीगंगासहित जोसीमाथ नदीमा आएको बाढीले कैयों घर बगाएको छ ।
बाढीबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न चमोली देखि हरिद्वारासम्म उच्च सतर्कता अपनाउन भारतीय सरकारले आग्रह गरेको छ ।
यसैबीच प्रभावितस्थल चमोली जिल्लामा उद्दार र राहतका लागि हवाइ एवं स्थल सेना खटाइएको छ । घटना लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उद्दार र राहतमा जुट्न प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् ।




















