सर्लाही – सवारी दुर्घटनामा परी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल-नेपालका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको मृत्यु भएको छ ।
मसालजुलुस सहभागी भएर घर फर्कने क्रममा वाग्लेको बरहथवा, सर्लाहीमा सवारी दुर्घटनामा निधन भएको हो । वाग्लेको मृत्यु संकास्पद रहेको भन्दै छानबिनको माग गरीएको छ ।
एकान्त जंगलमा मोटरसाइकलमा एक्लै घर फर्कँदै गरेका वाग्लेको दुर्घटना स्थल असामान्य प्रकृतिको रहेको भन्दै सर्लाहीका नेताहरुले प्रहरीसँग छानबिनको माग गरेका छन् ।




















