काठमाण्डौँ – नोबल कोरोना भाइरस (कोभिड १९)बाट आज नेपालमा थप १४२ जना संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा बुधबार थप १४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसँगै संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।
थप १ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबका कारण मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ ।




















