काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले बिहीबार आम हड्ताल घोषणा गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयजित पत्रकार सम्मेलनमा बाध्यतात्मक परिस्थितिका कारण संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नु परेको जानकारी गराईएको हो ।
सम्मेलनमा संवैधानिक निकायका पदाधिकारीलाई सपथ खुवाएको नाटक गरि असंवैधानिक रूपमा सुनुवाइ नगरी सपथ गराइनु निरंकुशता र जबरजस्तीको पराकाष्ठा भएको नेतृ पम्फा भुसालले भुसाल बताइन् । संविधान र लोकतन्त्रको रक्षा र फासिस्ट जंगलराजको अन्त्यकालागि पनि आमहडताल जरूरी भएको बताईन ।
दाहाल नेपाल सहूहले संवैधानिक आयोगको सपथ खारेजीको माग गर्छौं भोलि देशव्यापी आमहडतालको आह्वान गरेका हो । प्रतिगमन विरूद्ध जुनसुकै कमद चाल्ने भन्दै भुसालले भोलि आम हड्तालमा अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने बताइन् ।
यसअघि नै दाहादल९नेपाल समूहले आन्दोलन कार्यक्रममा आमहड्ताल नभएपनि संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै दाहाल-नेपाल समूहले पत्रकार सम्मेलन गरेर बिहीबार म हड्तालको घोषणा गरेको हो ।




















