काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १७१ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा मङ्गलबार थप १७१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्यत तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।
थप १ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।




















